भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नियन्त्रण गर्ने गरी उम्मेदवारमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ । आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह, नेकपा (एमाले) का सचिव महेश बस्नेत, शोभा पाठकलगायतका सात जनालाई एकैदिन स्पष्टीकरण सोधेको छ ।
हिउँद सकिन एक महिना बाँकी रहँदा नेपालमा हिउँदे वर्षा र हिमपात भएको छ । मङ्सिर १५ देखि सुरु भएको यस वर्षको हिउँदयामको उत्तरार्धतिर आएर वर्षा र हिमपात भएको हो । बुधबार भएको हिमपात र वर्षाले किसान खुसी भएका छन् भने चुनाव प्रचारमा हिँडेका उम्मेदवार दुःखी भएका छन् । हिमाली तथा पहाडी भेगको जनजीवनसमेत हिमपात र वर्षाले बुधबार ठप्प बनेको स्थानीयवासीले बताएका छन् । भारी हिमपातका कारण सुदूरपश्चिम र कर्णाली भेगका हवाई उडानसमेत ठप्प रहे । पहाडी भेगका बाटा वर्षा र हिमपातले अवरुद्ध बने ।
नेकपा (एमाले) बाट प्रतिनिधिसभा निर्वाचनमा सुनसरी –३ का उम्मेदवार तथा पूर्वमन्त्री भगवती चौधरीले जनताको हितका लागि अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत दमकमा रहेको निर्वाचन अधिकृतको कार्यालयको बुधबार निरीक्षण गर्नुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ गते भएको दुःखद् घटनामा प्रधानमन्त्रीका हैसियतमा आफूले गोली चलाउने आदेश नदिएको स्पष्ट पार्नुभएको छ । उहाँले संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको उल्लेख गर्दै आफूले त्यस्तो आदेश कहिल्यै नदिएको प्रष्ट पार्नुभएको हो ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार, पहिचान, स्वाभिमान र समानताको संघर्षसँगै अब विकासका एजेन्डामा केन्द्रित भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई लक्षित गरी आफ्नो चुनावी अभियानलाई व्यवस्थित बनाउन मातहतका सबै निकायलाई निर्देशन दिएको छ।
अर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अपराधमा संलग्न व्यक्तिहरूको सम्पत्ति तत्काल जफत गर्नुपर्ने बताउनुभएको छ । सम्पत्ति शुद्धीकरण विभागद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुको उद्धार गरिएको छ। गए राति ४ बजेदेखि परेको हिमपातका कारण बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा अलपत्र परेका ५० जना यात्रुको उद्धार गरिएको हो।
काठमाडौँको नागार्जुनमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा छुट्याउने क्रममा सोही स्थानका रणे तामाङको मृत्यु भएको छ।
कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत कक्षा र जिल्ला कारागारको अनुगमन गरेको छ।
स्याङ्जामा बैंकका सुरक्षा गार्ड माथि बैङ्क भित्रै चक्कु प्रहार भएको छ । विरुवा गाउँपालिका वडा नम्बर–१ मा रहेको गरिमा विकास बैङ्क लिमिटेडको सुरक्षा गार्ड शेरबहादुर थापालाई बैङ्क परिसरमा नै चक्कु प्रहार भएको हो ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार बुधबार राति कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।