ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनपछि मन्दिर परिसरमा रहेको च्याब्रुङपार्कबाट हिमालको दृश्य अवलोकन गर्दै तीर्थयात्री ।
यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । नेप्से परिसूचक पाँच दशमलव १९ अङ्कले बढेर दुई हजार ५०९ दशमलव ०४ को बिन्दुमा कायम भएको हो ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा ब्रेस्टविरुद्ध सहज जित निकालेको छ ।
छठ पर्वमा प्रसादको रूपमा प्रयोग हुने तरकारीजन्य उत्पादनहरूको मूल्य तेब्बरले वृद्धि भएको छ।
छठ पर्वका अवसरमा छठपूजा सेवा समिति धनगढीले कैलालीको मोहना नदीतटमा विगत १३ वर्षदेखि आयोजना गर्दै आएको छठपूजामा श्रद्धालु भक्तजनको सङ्ख्या बढ्दै गएको छ ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार भएको छ । आइतबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शपथ ग्रहण गर्नुभएको हो ।
जिल्लाको तिरहुँत गाउँपालिका-३, पिप्राहीका सदा (मुसहर) मुसहर समुदायका महिलाहरू साक्षर बन्न उत्साहित छन् । स्थानीय महिलाहरू समय निकालेर स–साना छोराछोरी सहित घुम्टो ओढेर पढ्न लेख्नका लागि स्थानीय सामुदायिक सिकाइ केन्द्र जाने गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। मौजुदा मन्त्रिपरिषदमा दुई जना मन्त्री थपिने भएका छन् । राष्ट्रपतिसमक्ष प्रधानमन्त्री कार्कीले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गर्नुभएको हो ।
तिहार सकिएसँगै धरानमा यतिबेला छठ पर्वको चहलपहल सुरु भएको छ । बजारमा छठ मनाउनेहरूले बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, डोको, कोनिया, ढाकीलगायतका सामग्री खरिदमा केन्द्रित छन् ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका–८ मा अवस्थित प्रमुख पर्यटकीय गन्तव्य सेप्ली झरना जाने झोलुङ्गे पुल अहिले जोखिमपूर्ण बनेको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएई शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपाललाई २६३ रनको चुनौती दिएको छ ।
रानी जमरा कुलरयिा सिँचाइ आयोजनाको दोस्रो चरणको काम सम्पन्न भैसक्दा पनि जग्गा सुरक्षित हुन सकेका छैनन् भने पहिले बनेका तटबन्धहरु भत्किरहेका छन् ।
कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक छेउमा रहेको भुरुङ तातोपानी कुण्डमा स्नान गर्ने पर्यटकको भिड लागेको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज थाई एयर एसियाको जहाज १७ यात्रु बोकेर अवतरण भएको छ।
लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ ।