• १४ माघ २०८२, बुधबार

मौसम पूर्वानुमान : हुस्सु र हिमपातको सम्भावना

blog

काठमाडौँ, माघ १४ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार बुधबार राति कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । 

महाशाखाकाअनुसार तराई भू–भागका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भवना छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने जनाइएको छ । 

यसबाहेक, बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । 

यसैगरी, शुक्रबार पनि तराई भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने छ । सुदूरपश्चिम प्रदेश  लगायत गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बाद लाग्ने जनाइएको छ । 

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।