शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ १४ गते । बङ्गलादेश र नेदरल्यान्ड्स आइसिसी महिला टी–२० विश्वकपमा छनोट भएको छ ।
ग्लोबल छनोटअन्तर्गत मुलपानी मैदानमा बुधबार भएको सुपर सिक्स खेलमा बङ्गलादेशले थाइल्यान्डलाई ३९ रनले हरायो । यस्तै कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई डिएसएल प्रणालीका आधारमा २१ रनले हराउँदै विश्वकपमा स्थान बनाएको हो ।
यस्तै अर्को खेलमा स्कटल्यान्डले आयरल्यान्डलाई ३९ रनले हराउँदै छनोटको सम्भावना बलियो बनाएको छ । १० टोलीको सहभागिता रहेको छनोट खेलबाट घरेलु टोली नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
सुपर सिक्सबाट चार टोली सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट हुने छन् ।