• १६ माघ २०८२, शुक्रबार

शिभाली एसिया–प्यासिफिकमा चौथो

blog

शिभाली गुरुङ ।

काठमाडौँ, माघ १६ गते । नेपालकी टेनिस खेलाडी शिभाली गुरुङ अस्ट्रेलियामा जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौथो हुनुभएको छ । 

अस्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिस तेस्रो स्थानका लागि शुक्रबार भएको सेमिफाइनल खेलमा शिभाली जापानी खेलाडी आयोइ योसिदासँग ६–२, ६–३ को सोझो सेटमा पराजित हुनुभयो । सेमिफाइनलमा पराजित भएसँगै शिभाली चौथो हुनुभएको हो । 

मिश्रित नजिता निकाल्नु भएको शिभालीले यसअघि न्युजिल्यान्डकी जसलिन केलाई ६–०, ६–१ को सोझो सेटमा हराएर सेमिफाइनलमा स्थान बनाउनुभएको थियो । 

यसअघि समूहको पहिलो खेलमा शिभालीले चीनकी जिन्यु झाउलाई २–१ को सेटमा हराउनुभएको थियो । समूह ‘ए’को दोस्रो खेलमा शिभाली भारतकी जेन्सी कनाबारसँग २–० को सेटमा पराजित हुनुभएको थियो ।