पाल्पाको रैनादेवीछहरा–४ मा इभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–४, छहरा मेहलढाप भित्री सडक खण्डको पीपलभञ्याङ्ग नजिकै इभी भ्यान बुधबार दिउँसो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापा मेचीनगरका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको करार सेवा रद्द गरेपछि कर्मचारी धर्ना सुरु गरेका छन् । नगरपालिकाले एकैसाथ १३८ जनाको करार सेवा रद्द गरेको थियो ।
विदेश गएर कमाइ गरी परिवारको सहज जीविकोपार्जनमा बुबालाई सहयोग गर्ने उद्देश्य बोक्नुभएका धनगढी उपमहानगरपालिका-५ तारानगरका २३ वर्षीय गौरव जोशीको निधनपछि उहाँको परिवार सहाराविहीन भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि सुरु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिवङ्गत पत्रकार सुरेश रजकको परिवारसँग भेट गरी पीडितको न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले स्वरूप परिवर्तन ‘मोडिफाइड’ गरेर चर्को ध्वनि निकाल्ने मोटरसाइकल चलाउनेविरुद्ध कारबाही सुरु गरेको छ ।
गत सोमबारदेखि परेको हिमपात रोकिएको छ । मौसममा आएको सुधारले विश्वकै अग्लो स्थान (चार हजार ९१९ मिटर) मा अवस्थित तिलिचो ताल घुम्न आएका र थोराङ्ला भञ्ज्याङ (पाँच हजार ४१६ मिटर) पदयात्रामा आएका पर्यटकका लागि सहज बन्दै गएको छ ।
मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सुरु भएको छ ।
नेपालीहरुको चाड हरिबोधनी अर्थात् ठूलो एकादशीको अवसरमा नवलपुरका विभिन्न तीर्थस्थलहरू धार्मिक मेलाको आयोजना गरिएको छ ।
जेन्जी आन्दोलनको क्रममा गत भदौ २४ गते आगजनी र तोडफोड गरी क्षतिग्रस्त नेकपा (एमाले) बाँके जिल्ला कार्यालय भवन पुनर्निर्माण गरिएको छ ।
कैलालीमा कान्द्रा नदी किनारमा निर्मित हुलाकी राजमार्गले बाँधको काम गरेर स्थानीय बस्ती जोगाएको छ । भजनी नगरपालिका –५ लालबोझी क्षेत्रमा निर्माण गरिएको हुलाकी राजमार्गले नदीको पानी वस्तीमा पस्नबाट रोकेपछि लालबोझीवासीलाई राहत भएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका,४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा डेढ महिनाको अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटक पुगेका छन्।
मुस्ताङको ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको उद्धारको प्रयास भइरहेको छ ।
दाङको घोराहीमा सञ्चालन भएको सहुलियत पसलबाट ७२ हजारको नुन बिक्री भएको छ ।
मकवानपुर जिल्ला अदालतले डेढ महिनापछि पूर्ववत् सेवा प्रवाह सुरु गरेको छ । अदालतबाट प्रवाह हुँदै आएका सेवाहरु प्रवाह गत भदौको २४ गतेबाट संकुचन गरिएकोमा पूर्ववत् सञ्चालनमा आएको हो ।