राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुने उल्लेख गरेको छ ।
आजदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आ बाट आमा’ को कथा अधिकांश नेपालीको जीवनसँग जोडिएको अभिनेता पल शाहले बताउनुभएको छ ।
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –३ हाईबाङमा खेल्नेक्रममा रुखले च्यापिँदा एक बालकको मृत्यु भएको छ। आज बिहान झुलनेटा–खुम्चेरी जोड्ने निर्माणाधीन नयाँ भित्रीसडक खण्डमा उक्त घटना भएको हो।
भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक आज बिहानदेखि सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो ।
आम नेपालीहरुले ज्वरो, खोकीको अवस्थालाई मात्र बिरामी भएको ठान्नुभन्दा नसर्ने रोगका बारेमा सचेत हुनुपर्ने बेनीमा आयोजित कार्यक्रममा चिकित्सकहरुले बताउनुभएको छ ।
सहिद दिवस २०८२ को अवसरमा पैदल यात्रीले शुक्रबार काठमाडौँ चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको छ । २७ किलोमिटर (१७ माइल) लम्बाइ रहेको चक्रपथको दूरी पार गर्न करिब ६ घण्टा समय लागेको पैदलयात्रीहरुको भनाइ छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात हुने सबै वस्तुमा कर लगाउने कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गर्नु भएको छ ।
लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु गरेको अत्याधुनिक सुविधाका ‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र अवस्थामा रहेको छ ।
भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ कानुनमा हस्ताक्षर गर्नुभएको छ ।
पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागीका घट्नाहरू बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य सङ्घले नेपालगन्ज उपमहानगपालिकालाई आगो निभाउने यन्त्र हस्तान्तरण गरेको छ ।
झापामा प्रहरी निर्वाचन केन्द्रित अभियानमा जुट्न थालेपछि चोरीका घटना बढ्न थालेको छ । बिहीबार राति झापाको बिर्तामोड र अर्जुनधारामा लाखौं रुपियाँ बराबरको धनमाल चोरी भएको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा भएको निःशुल्क आँखा जाँच तथा शिविरमा एक सय ३५ जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ ।
दाङको देउखुरीमा दोलई खोलामा पुल निर्माणको काम अघि बढेको छ ।
दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान)ले म्यान्मामा हालै सम्पन्न चुनावलाई मान्यता नदिने स्पष्ट पारेको छ ।
आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले अभ्यास खेलमा भारतको एमसिए प्रेसिडेन्ट–११ लाई सात विकेटले हराएको छ ।