• १६ माघ २०८२, शुक्रबार

रुखले च्यापिएर बालकको मृत्यु

blog

राजु लामिछाने 

रुकुमपश्चिम, माघ १६ गते । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –३ हाईबाङमा खेल्नेक्रममा रुखले च्यापिँदा एक बालकको मृत्यु भएको छ। आज बिहान झुलनेटा–खुम्चेरी जोड्ने निर्माणाधीन नयाँ भित्रीसडक खण्डमा उक्त घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार रा १ क १०१७ नम्बरको स्काईभेटरले सडक निर्माणका क्रममा रुख ढालेर सडकको छेउमा राखिएको थियो । राखिएका रुखमा खेल्नेक्रममा रुख पल्टिँदा त्रिवेणी गाउँपालिका –३ हाईबाङ बस्ने लोकबहादुर ओलीका ८ वर्षीय छोरा मनोज ओली रुखले च्यापिएर गम्भीर घाइते भएका थिए।

घाइते बालकको अवस्था गम्भीर भएपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। रुख काटेर सडक छेउमा राखेको बिषयमा स्काईभेटर चालकलाई प्रहरी चौकी झुलनेटाले नियन्त्रणमा लिइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।