राधा लुइटेल
फिदिम, माघ १६ गते । सिक्किमदेखि आफन्त भेटघाटका क्रममा पाँचथरको फिदिम आइपुग्नु भएका एकजना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिनुभएको छ ।
जिल्लाको याङवरक गाउँपालिका २ तिमतिम्बु घर भइ रोजगारीका क्रममा सिक्किम बसोवास गर्दै आउनु भएका ६८ वर्षीय मानबहादुर बेघा बिहीबार मृत अवस्थामा भेटिनु भएको हो ।
केहिदिन अघि पाँचथरको फिदिम नगरपालिका ४ स्थित आफन्तकहाँ बस्दै आउनु भएका उहाँ माघ ११ गतेदेखि अचानक सम्पर्कविहीन हुनु भएको आफन्त मंगल बेघाले बताउनुभयो ।
निरन्तर चारदिनसम्म प्रहरी र स्थानीयले खोजी गर्दा समेत नभेटिनु भएका बेघा फिदिम ४ को देउराली र डाँडा सामुदायिक बनको सिमा क्षेत्रमा मृत अवस्थामा भेटिनु भएको पाँचथर प्रहरीले जनाएको छ ।
उहाँको शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिषकुमार कर्णले बताउनुभयो ।