गत पुस १९ गतेदेखि सुरु भएको एकमहिने स्वस्थानी (माधवनारायण मेला) को आज २८ औँ दिनसम्म पनि काठमाडौँको साँखुस्थित शालीनदीमा स्नान गर्नेको घुइँचो उत्तिकै छ । यस वर्ष पनि शालीनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भा
डा. हरि उप्रेती नेपाली गीतकार, लेखक, अनुसन्धानकर्ता तथा सामुदायिक नेतृत्वकर्ताका रूपमा परिचित एक विशिष्ट व्यक्तित्व हुनुहुन्छ, जसको जीवन यात्रा धैर्य, सांस्कृतिक प्रतिबद्धता र सिर्जनात्मक उत्कृष्टताको उदाहरण हो । उहाँभित्र नेपाली साहित्य, कविता र गीत लेखनप्रतिको गहिरो अभिरुचि छ । लेखन उहाँका लागि आत्मिक शान्तिको माध्यम मात्र नभई सांस्कृतिक उत्तरदायित्व पनि हो ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहेको छ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ८८ पैसा र बिक्रीदर १४७ रुपियाँ ४८ पैसा तोकिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।
खानेतेल (भटमास र सूर्यमुखी) को भाउ अस्वाभाविक रूपमा बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक सातायता खानेतेल प्रतिलिटर ४० रुपियाँसम्म बढेको हो । माघको पहिलो सातासम्म प्रतिलिटर २४० रुपियाँ खुद्रामा बिक्री भइरहेको खानेतेल अहिले प्रतिलिटर २८५ देखि २९० रुपियाँसम्म पुगेको छ ।
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढेको छ । कर्जा नोक्सानी घट्दै जाँदा चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म विकास बैङ्कको नाफामा सुधार देखिएको हो । ऋण असुलीमा क्रमिक सुधार र प्रोभिजनिङ खर्च घटेपछि बैङ्कको वित्तीय नतिजा सकारात्मक बनेको हो ।
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया जान ‘रोस्टर’ मा परेर जान नपाएका १२ हजार नेपाली श्रमिकको समय परिवर्तन हुने सम्भावना कम भएको बताइएको छ । कोरियास्थित नेपाली दूतावास र कोरियाको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयका प्रतिनिधि र रोजगारदाताबिच शुक्रबार कोरियामा भएको औपचारिक छलफलबाट रोस्टरको समय परिवर्तन हुने सम्भावना कम देखिएको हो ।
स्वास्थ्य बिमा बोर्डले बिरामीलाई अनावश्यक प्रेषण (रिफर) नगर्न आग्रह गरेको छ । स्वास्थ्य बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई निर्देशन दिँदै बोर्डले अनावश्यक रिफर नगर्न आग्रह गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तोकिएकै समयमा सम्पन्न नहुने देखिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत भइरहेका काम सन् २०२६ को अक्टोबरभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर बजेट अभाव, निर्माण सामग्रीको आपूर्ति समस्या, नेपाल आयल निगमको डिपोलाई स्थानान्तरणलगायतका कारणले आयोजनाको काम पर धकेलिने भएको हो ।
नेपालस्थित अमेरिकी दूतावासले आममानिसमा डिजिटल सिर्जनालाई रचनात्मक र आर्थिक आम्दानीसँग जोड्ने उद्देश्यसहित क्रिएटर्स मेला–२०२६ को आयोजना गरेको छ । ‘भिजन टु भेन्चर’ नारासहित चितवनबाट सुरु भएको क्रिएटर्स मेला शुक्रबारदेखि भने काठमाडौँमा सञ्चालन गरिएको हो । चितवन र नेपालगन्जको सक्रिय सञ्चालनपछि दूतावासले काठमाडौँमा शनिबारसम्म दुई दिन काठमाडौँमा डिजिटल सिर्जनामा रमाउनेका लागि आयोजना गरेको दूतावासले जनाएको छ ।
मकवानपुरको लेनडाँडा र धेन्द्रेडाँडाको बिचमा रहेको जितपुरखोलामा धरहराभन्दा अग्ला ८२ मिटरका भीमकाय टावरले ठडिएका अत्याधुनिक ‘बक्स ब्रिज’ हेर्दा विकसित मुलुकमा भएको आधुनिक विकास पूर्वाधारको झल्को दिन्छ ।
म्याग्दीको बेनी नगरपालिका –१ रत्नेचौरस्थित पोखरी किनारमा रमाउँदै पर्यटक र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमालको सौन्दर्य । तस्बिरः ठाकुरप्रसाद आचार्य
सिन्धुलीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्बाचनको सरगर्मी बढ्दै गएको छ ।
टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा ९ टारी बजारमा शुक्रबार साँझ टिप्परको ठक्करबाट उमेश खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।