स्याङ्जामा खानेपानीको ट्याङ्की मर्मत गर्न गएका एक जनाको भीरबाट लडेर मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले एक हप्तामा सात लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ। पछिल्लो एक हप्तामा प्रशासन कार्यालयले सात लाख ८१ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो।
आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बैतडीको राजनीतिक माहोल क्रमशः तात्दै गएको छ । यसपटक बैतडीमा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा दलहरूबिच कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
। देश चुनावी रङले ढाकिँदै जाँदा त्यसको प्रभाव राजनीतिक गतिविधिमा मात्र सीमित छैन, यसको प्रत्यक्ष असर स्थानीय अर्थतन्त्र र समग्र बजारमा देखिन थालेको छ ।
नेपाल भारत सीमा नजिकै भारतीय क्षेत्रमा बसले मोटरसाइकललाई ठक्कर दिँदा नेपालगन्ज पिप्रहवा निवासी एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
नवलपुरको कावासोती नगरपालिकाका सामुदायिक विद्यालयमा सङ्गीत कक्षा सञ्चालनमा ल्याइएको छ । सङ्गीत सीप प्रदान गर्ने र विद्यार्थीलाई मोबाइल स्क्रिनबाट टाढा राख्ने उद्देश्यले कावासोती नगरपालिकाले संगीत कक्षा सञ्चालनमा ल्याएको हो ।
एक बिहेपार्टीमा सशरीर उपस्थित हुनु छ । सोही उपक्रमका लागि चल्दै थियो तीव्र तयारीसमेत । मलाई मात्र १० मिनेट र पत्नीका निम्ति करिब एक घण्टा । मैले आफ्नो पोसाकलाई पूरै पार्टीअनुकूल तुल्याइसकेको छु– सफा र चिरिच्याट्ट । अचेल पार्टीहरूमा देशीविदेशी पोसाकादिका धाकधम्की जम्न थालेका छन् । मानुष निर्जीव र पोसाक सजीव ! अचम्म छैन त ? जे होस् !
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ मा पूर्व बैंकर, भूवैज्ञानिक, हिमनदी विज्ञ र पत्रकारबिच प्रतिस्पर्धा हुने भएको छ।
जीवनको आनन्दित र रमणीय क्षण हो– यात्रा । मानिसलाई भिन्न भिन्न ठाउँको भूगोल, वातावरण र परिवेशको पहिचान त यात्राले गराउँछ नै; विशेष गरी यसलाई अन्वेषण, अनुसन्धान र खोजका निमित्त पनि निकै लाभदायक मानिन्छ । एकै ठाउँमा जड भएर बसिरहन नसक्ने मानवीय स्वभाव शाश्वत सत्य पनि हो ।
वर्तमान नेपालको सुदूरपश्चिम क्षेत्र तत्कालीन समयमा डोटी राज्यका नामले चिनिन्थ्यो । यस क्षेत्रमा विशेष गरी बहुसङ्ख्यक मानिसले लोक तथा मातृभाषाका रूपमा डोट्याली भाषा बोल्ने गरेको पाइन्छ
मेरो एकान्तको साथी प्रिय कोठा ! म कोठासँग वार्ता गर्छु हरेक बिहान, हरेक साँझ
म देशको सच्चा सपुत मेरा पुर्खाहरूको साहस देशको ममता खचाखच छ । कायर होइन म
झापाको पूर्वी नाका मेचीनगरस्थित मेची पुलको ब्यारीकेटमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
लोकोक्तिहरूले हाम्रो सांस्कृतिक इतिहासमा महत्वपूर्ण स्थान ओगटेकै छ । यस्ता लोकोक्तिकै आधारमा भक्तपुरको सूर्यविनायक र वरपरका सम्पदालाई प्रसिद्ध ऐतिहासिक धार्मिक धरोहरका रूपमा लिन सकिन्छ । प्रसिद्ध गणेशमध्ये उपत्यकाका चार गणेश सूर्यविनायक, चन्द्रविनायक, अशोकविनायक र जलविनायकलाई लिइँदै आएको पाइन्छ । यी गणेशमध्ये भक्तपुरको दक्षिणतर्फ पर्ने सूर्यविनायक पनि हो । यी गणेशलाई सिद्धिविनायकका रूपमा पुजिन्छ ।