• १९ जेठ २०८२, सोमबार

सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

blog

काठमाडौँ,  जेठ ६ गते ।  स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि सामान्य घटीबढी भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी एक हजार ९४० मा कारोबार भइरहेको छ । सोमबार एक तोला चाँदी एक हजार ९४५ मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार दुई सय २८ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस