• १० पुस २०८२, बिहिबार

प्रेम र बिछोडको कथा ‘धोका’

blog

काठमाडौँ, पुस १० गते । कलाकार प्रभाकरदेव शर्माको शब्द, सङ्गीत स्वर रहेको गीत ‘धोका’ सार्वजनिक गरिएको छ । प्रेममा असफल प्रेमीहरूमा समर्पित गर्दै गीत ल्याइएको हो । गीतमा एरेन्ज सुयोग सोताङले गर्नुभएको छ । गीतको भिडियोमा एक साधारण परिवारको केटालाई प्रेम परेको १० वर्षपछि प्रेमीकाले गरिब भएको भन्दै आमाबुवाको करकापमा धोका दिएको कथा देखाइएको छ ।

भिडियोमा मोडल आयुषा कार्की र सिद्धार्थ सिलवाल देखिनुभएको छ । मदन थापा, सुवासचन्द्र सिलवाल र शीतल ठकुरीको पनि भिडियोमा अभिनय देख्न सकिन्छ । कलाकार शर्माकै निर्देशन रहेको गीतको भिडियोमा विशाल केसी र बुलेटको छायाङ्कन छ भने हिल्स होम थियटर एन्ड प्रोडक्सनको युट्युबबाट गीत सार्वजनिक भएको हो ।