• १० पुस २०८२, बिहिबार

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, पुस १० गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४३ रुपियाँ ३६ पैसा र बिक्रीदर १४३ रुपियाँ ९६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६९ रुपियाँ ०९ पैसा र बिक्रीदर १६९ रुपियाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपियाँ ७४ पैसा र बिक्रीदर १९४ रुपियाँ ५५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८२ रुपियाँ २२ पैसा र बिक्रीदर १८२ रुपियाँ ९८ पैसा कायम गरिएको छ ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ २५ पैसा र बिक्रीदर ९६ रुपियाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०४ रुपियाँ ८५ पैसा र बिक्रीदर १०५ रुपियाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ६९ पैसा र बिक्रीदर ११२ रुपियाँ १६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपियाँ २० पैसा र बिक्रीदर नौ रुपियाँ २३ पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपियाँ ४४ पैसा र बिक्रीदर २० रुपियाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ २२ पैसा र बिक्रीदर ३८ रुपियाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ३३ पैसा र बिक्रीदर ३९ रुपियाँ ४९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६२ पैसा र बिक्रीदर चार रुपियाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ०४ पैसा र बिक्रीदर ३९ रुपियाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ४४ पैसा र बिक्रीदर ३५ रुपियाँ ५९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ८९ पैसा र बिक्रीदर नौ रुपियाँ ९३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६५ पैसा र बिक्रीदर १५ रुपियाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६४ पैसा र बिक्रीदर २२ रुपियाँ ७३ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १८ रुपियाँ ४४ पैसा र बिक्रीदर १८ रुपियाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपियाँ ६४ पैसा र बिक्रीदर ४६८ रुपियाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपियाँ ०६ पैसा र बिक्रीदर ३८१ रुपियाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपियाँ ३६ पैसा र बिक्रीदर ३७३ रुपियाँ ९२ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ । रासस