• १० पुस २०८२, बिहिबार

‘प्रतिवैरम’ को पोस्टर सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १० गते । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम’ को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मधेसकेन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित चलचित्रको पोस्टरले  गम्भीर, भावनात्मक र शक्तिशाली कथावस्तुको झलक दिएको छ ।

पोस्टरमा आगो, पीडा र प्रेमको प्रतीकात्मक संयोजनमार्फत कथाको गहिराइ उजागर गरिएको छ । कलाकारद्वय सम्राट दास र सुप्रज्ञा शर्माको सशक्त उपस्थिति पोस्टर केन्द्रित छ । चलचित्रमा सम्राट र सुप्रज्ञासँगै रमेश बुढाथोकी, प्रदीप ढकाल, वीरेन्द्र कुशवाहा, आलिशा बाँस्तोला, रोन्नी यादव, बिक्की शाह, नवीन श्रेष्ठ, गीतालगायतको अभिनय रहेको छ ।

निर्देशक रोशनका अनुसार मधेशका वास्तविक कथा, सौन्दर्य र सामाजिक–राजनीतिक समस्यालाई यथार्थपरक ढङ्गले प्रस्तुत गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको हो । चलचित्रमार्फत मधेशको वास्तविक जीवन र संवेदनालाई दर्शकमाझ पु¥याउने योजना रहेको उहाँले बताउनुभयो । चलचित्रको कथा निर्देशक दास स्वयम्को हो भने पटकथा युवराज भट्टराईले लेख्नुभएको हो ।