चीनले शनिबार अल्जेरियाका लागि एक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त प्रक्षेपण उत्तरपश्चिम चीनको जियुचुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान १२ः०१ बजे (बीजिङ समय) ‘लङ मार्च-२ सी’ क्यारियर रकेटमार्फत सम्पन्न भएको हो ।
चार दशक सेवा गर्नुभएका शिक्षकलाई गलकोट नगरपालिका–१० स्थित पाण्डवखानी माविले दीर्घसेवा गर्ने शिक्षकलाई सम्मान तथा बिदाइ गरेको छ ।
झापाको कमल गाउँपालिका–६ स्थित रतुवा खोलाको किनारमा रहेको खयरबारी टोल कुनै समय बाढीको स्थायी त्रासमा बाँचिरहेको बस्ती थियो । अघिल्लो दशकसम्म वर्षायाम लाग्नेबित्तिकै यहाँका बासिन्दाको रात निद्रामा बित्दैनथ्यो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सदस्य राष्ट्र वार्षिक योगदान र संरचनात्मक कोष जम्मा गर्ने विषयमा पछाडि परेको कारण विश्व निकाय वित्तीय सङ्कटको बाटो तर्फ गइरहेको चेतावनी दिनु भएको छ ।
मतदातासँग प्रत्यक्ष संवाद र चुनावी एजेन्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै नेकपा (एमाले) का महासचिव एवम् दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेल मतदाताको घरमा पुग्नुभएको छ ।
संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठुलो परिमाणमा हतियार बिक्री स्वीकृत गरेको छ । ट्रम्प प्रशासनले इजरायलका लागि ६ अर्ब ६७ करोड अमेरिकी डलर र साउदी अरबका लागि नौ अर्ब अमेरिकी डलर बराबरको हतियार सम्झौता अनुमोदन गरेको छ ।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाका कामहरू पूरा गर्ने प्रतिबद्धतासहित आफू उम्मेदवार भएर जनतामाझ आएको बताउनुभएको छ।
अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रमा अवस्थित कोल्टान खानीमा भएको भीषण दुर्घटनामा कम्तीमा २०० जना खानी मजदुरको ज्यान गएको छ । ‘मार्च-२३’ आन्दोलन (एम-२३) नामक विद्रोही समूहका एक प्रवक्ताले शुक्रबार उक्त घटनाको पुष्टि गरेका छन् ।
धनकुटामा निर्वाचन सुरक्षाका लागि छनोट भएका निर्वाचन सुरक्षा प्रहरीलाई तालिम सुरु गरिएको छ । शनिबार धनकुटाको तल्लो टुँडिखेलमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि छनोट भएका निर्वाचन प्रहरीलाई तालिम सुरु गरिएको हो।
शुक्रबार बिहान कञ्चनपुरको बेदकोट नगरपालिका–३, सावा दैजीमा अटो चालकहरू घरबाट पार्सल गरेर ल्याएको रोटी खाँदै गरेको भेटिनुभयो । उहाँहरु एका विहानै घर गुजारा गर्न अटो चलाउँदै आउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने भएको छ । डुबान र कटानको जोखिम घटाउन ती स्थानमा बक्स कल्भर्ट निर्माण गरिने भएको हो ।
इलामस्थित जिल्ला सुरक्षा समितिले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तोकिएको मतदान केन्द्रहरूको स्थलगत अध्ययन थालेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबिच लागु भएको ‘ऊर्जा पूर्वाधार’ युद्धविराममा युक्रेन पूर्णरूपमा तयार रहेको बताउनु भएको छ ।
बाजुराका आरन सङ्कटमा पर्दै गएपछि यहाँका आरन व्यवसायी चिन्तामा परेका छन् । गाउँमा खेतीपाती गर्न छोडेर पैसाको लोभमा अधिकांश युवापुस्ता रोजगारीका लागि बाहिर जानथालेपछि यहाँका आरन व्यवसाय सङ्कटमा पर्दैगएका हो ।
पश्चिम नेपालकै प्रमुख नाकामध्येको एक नेपालगन्ज नाकाबाट जडिबुटी निकासी हुने क्रम फेरि वृद्धि हुन थालेको छ । साविकको मध्य र सुदूरपश्चिमको केन्द्रबिन्दु तथा लुम्बिनी प्रदेशको प्रमुख आर्थिक केन्द्र नेपालगन्ज जडिबुटी निकासीको ‘हब’ मानिन्छ ।