इलामको देउमाई नगरपालिका–१ कुखुरे स्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते भएका छन् ।
एनपिएलमा उत्कृष्ट विधामा तीन खेलाडीलाई बजाजले पल्सर मोटरसाइल उपलब्ध गराउने भएको हो । जसका लागि बजाजले नेपाल क्रिकेट सङ्घ (क्यान) सँग सम्झौता गरेको छ ।
सङ्खुवासभामा वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै कात्तिक १५ गतेसम्म मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्न अनुरोध गरेको हो ।
गोरखा नगरपालिका–८ को लुदीदामगाडे सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण गरिएको छ ।
अफगान तालिबान र आयोजक देशको अनुरोधपछि पाकिस्तानले टर्कीको इस्तानबुलमा अफगान तालिबानसँग वार्ता प्रक्रिया पुनः सुरु गर्न सहमत भएको पाकिस्तानी सुरक्षा स्रोतलाई उदृत गर्दै बिहीबार सिन्ह्वाले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियार परीक्षण पुनः सुरु गर्ने सङ्केत दिएपछि दशकौँदेखि थन्किएको अमेरिकी नीति पुनः विवादमा आएको छ ।
ताप्लेजुङको फुङलिङ बजार हरेक शुक्रबार बन्द हुने भएको छ । कात्तिक १४ गते शुक्रबार बाट फुङलिङमा सञ्चालित पसलहरू हरेक शुक्रबार बन्द हुने भएको हो ।
बागलुङको गलकोट नगर अस्पतालमा प्रसूति हुन आउने गर्भवतीको सङ्ख्यामा पछिल्ला वर्षमा बृद्धि भएको छ । सो अस्पतालमा गत वर्षदेखि शल्यक्रियासहितको सेवा सुरुआत भएको थियो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले शतकको मद्दतमा नेपालले २३३ रन बनाएको हो ।
मेचीनगर नगरपालिका-१४ स्थित हातेमालो सामदायिक वनभित्र आज बिहान एउटा कार जलेको अवस्थामा फेला परेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब सिंहदरबारमा सार्ने तयारी थालिएको छ । सिंहदरबार परिसरको दक्षिण-पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सार्न लागिएको हो ।
मैथिली विकास कोषले भाइ–बहिनीको प्रेम र सद्भावको प्रतीक मानिने सामा–चकेवा पर्वको अवसरमा आगामी आइतबार सामा–चकेवा खेल प्रतियोगिताको आयोजना गर्न लागेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौं तह) टंक बहादुर कार्कीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
पाकिस्तान र अफगानिस्तानबिचको शान्ति वार्ता पुनः सुरु हुने सम्भावना देखिएको छ ।
आइसिसी विश्वकप लिग–२ शृङ्खलामा यूएईविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले शतक बनाउनुभएको छ ।