शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ १७ गते । काठमाडौँ महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने भएको छ । डुबान र कटानको जोखिम घटाउन ती स्थानमा बक्स कल्भर्ट निर्माण गरिने भएको हो ।
बागबजार नजिक टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गरिने महानगरका सब इन्जिनियर दीपकबहादुर शाहीले जानकारी दिनुभयो । त्यसका लागि ५७ लाख ७२ हजार ६९४ मा आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । त्यसै गरी, बबरमहल भएर बग्ने धोवी खोला किनारको रोजबड स्कुल नजिक दुई करोड २१ लाख २३ हजार ८९९ को लागतमा बक्स कल्भर्ट निर्माण गरिने जानकारी उहाँले दिनुभयो । आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । रासस