सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी आन्दोलनपछि उठेका सवाललाई नयाँ जनादेशमार्फत सम्बोधन गरिने बताउनुभएको छ । कैलालीको लम्कीमा बिहीबार नेपाली कांग्रेसका कार्यकर्तासँग भेटघाटका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मीमा राजनीतिक दलका उम्मेदवारले निर्वाचनलक्षित गतिविधिहरु बढाउन थालेका छन् ।
दार्चुला सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिका–९, दत्तु काँटैका कांग्रेसका नेता चन्द्रसिंह सामन्त र राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजेशसिंह सामन्त नाताले बुवाछोरा हुनुहुन्छ । उहाँहरू दुवै जना अहिले गाउँ गाउँमा सँगै गएर आआफ्नो पार्टीको प्रचारप्रसार गरिरहनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन बुवाछोराले आआफ्नो पार्टीका एजेन्डा लिएर प्रचारप्रसार गरिरहनुभएको छ ।
हिमाली जिल्ला हुम्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्धारण गरिएका मतदान स्थलको अनुगमन गरिएको छ । मतदान स्थलको भौतिकलगायत अन्य अवस्था बुझ्न मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालको नेतृत्वमा शुक्रबार अनुगमन गरिएको हो । शुक्रबार सिमकोट गाउँपालिका–५ को भीमसेन आधारभूत विद्यालय मतदान स्थल र वडा नं. ६ को कालाशिल्ता आवि मतदान स्थलको अनुगमन गरिएको मुख्य निर्वाचन अधिकृत बरालले बताउनुभयो । हिउँमै मतदान स्थल अनुगमन गरिएको उहाँले बताउनुभयो । दुवै मतदान स्थलको अवस्था सन्तोषजनक रहेको र मतदान गराउन कुनै कठिनाइ नभएको उहाँले बताउनुभयो । जिल्लाका ६० वटा मतदान स्थल र ६४ वटा मतदान केन्द्र रहेको र सम्भव भएसम्म सबै मतदान स्थलमा अनुगमन गर्न पुग्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारू सभ्यताको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ । थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन बुझ्दै उहाँले थारू सभ्यताको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
ताप्लेजुङ जिल्ला अदालतले मध्ये ४३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा जिम्मेवारी सरी आएका र नयाँ लगतका रूपमा दर्ता भएका गरी जम्मा तीन सय ७० थान मुद्दामध्ये एक सय ६० थान मुद्दा फर्छ्यौट गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
इतिहास शिरोमणि बाबुराम आचार्य (विसं १९४४–२०२९) बहुमुखी प्रतिभा सम्पन्न अविस्मरणीय राष्ट्रिय व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्थ्यो । विशेष गरी ऐतिहासिक तथ्यको खोज, अध्ययन–अनुसन्धान र विषयको सत्यापनका माध्यमबाट उहाँले नेपालको इतिहासको क्षेत्रमा आफ्नो तर्फबाट अतुलनीय र अविस्मरणीय योगदान दिनुभएको छ । विसं २००८ मा राजा त्रिभुवनबाट ६४ वर्षको उमेरमा उहाँ ‘इतिहास शिरोमणि’ उपाधिले सम्मा
भारी हिमपातका कारणका अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने क्षेत्रमा भारी हिमपात हुँदा सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक सञ्चालनमा आएको हो ।
अविकसित मुलुकका जनसङ्ख्याले आवश्यक मात्रामा आयोडिनको उपभोग गर्न पाएका छैनन् । विकसित मुलुकमा भने खाद्य पदार्थ तयारीका क्रममा नष्ट भएका खाना खानाले आयोडिनको कमी भएको पाइन्छ । यसको कमीबाट विभिन्न स्वास्थ्य समस्या देखा पर्छ । विश्वका दुई अर्बभन्दा बढी जनसङ्ख्या आयोडिनको कमीबाट उत्पन्न शारीरिक, मानसिक तथा अन्य समस्याबाट पीडित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरधामले मनपरी सरुवा गरे पछि रौतहटको एक कार्यालयमा दुई वटा कार्यालय प्रमुख हुन् पुगेको छ ।
मानिस सामाजिक प्राणी भएकाले पारस्परिक सहयोगको भावना प्रारम्भदेखि नै विकास हुँदै आएको छ । सत्रौँ शताब्दीसम्म सहकारी संस्थाहरू औपचारिक रूपमा थिएनन् । अठारौँ शताब्दीमा राबर्ट वयेनले गरिब कामदारका लागि ‘सहकारी गाउँ’ सुरु गरे भने विलियम किङले श्रमिक प्रगतिको लागि सहकारीको महìव उजागर गरेका थिए ।
राज्यको हरेक नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हो । बिहान उठेदेखि राति नसुत्दासम्म हामीले प्रयोग गर्ने वस्तु र सेवाले जीवनको गुणस्तर निर्धारण गर्छ । नेपालको संविधानको धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हकलाई मौलिक हकका रूपमा स्थापित गरेको छ । व्यवहारमा नेपाली बजार अझै प
कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गर्नुभएको छ । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १० पटक उठबस गर्नुभयो।