सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १ मा प्रहरीमाथि हातपात र ढुङ्गा प्रहार भएको घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका अधिकांश घरका ढोकामा ताला लागेको छ । बसाइसराइँ र रोजगारी तथा व्यापारका लागि चीनको ताक्लकोट जाने भएका कारण लिमीका अधिकांश घरमा ताला लगाइएको हो ।
देशभरि डेडिकेटेड विद्युत महसुल नतिर्ने उद्योगहरूको लाइन काट्ने र उद्योगको साँचो बुझाउनेसम्मका कारबाहीहरू भइरहँदा पश्चिम नवलपरासीमा रहेका चारवटा बक्यौतादार उद्योगहरू भने फरक अवस्थामा देखिएका छन् ।
नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सुरु भएको छ । छ दशकअघि पेडारी नाला निर्मित पुल साँघुरो र जीर्ण भएकाले नवनिर्माण थालिएको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा आगलागीबाट नौ लाख बराबरको क्षति भएको छ । नगरपालिकाको वडा नम्बर १ कोशी ब्यारेजस्थित दुई घरमा आगलागी हुँदा नौ लाख रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
मधेस प्रदेशका महोत्तरीसहित जिल्लामा आज कुष्माण्ड नवमी पर्व मनाइँदैछ । अक्षय नवमी, धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्परा छ । यसैअनुसार यो पर्व सामूहिक भोजन गर्दै रमाइलो चाडबाडमा रूपमा मनाउने गरिन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
यहाँ छाडा गाई रेखदेखका लागि गौ संरक्षण केन्द्र सञ्चालन गरिएको छ । यो केन्द्र विसं २०७६ देखि यहाँको व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालनमा छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्ड बिहीबार बिहानदेखि एकतर्फी सञ्चालन भइरहेको छ ।
यहाँको टेम्केमैयुङ गाउँपालिका–७, भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘सत्यदेवी मन्दिर’ ओझेलमा परेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने यो देवस्थल प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित माध्यामिक विद्यालय कालाखोलामा अपाङ्गमैत्री भवन निर्माण गरिएको छ ।
कात्तिके वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ । हिमाली क्षेत्रको पदयात्रामा निस्केका हजारौँ पदयात्री वर्षा र हिमपातको चपेटामा परेका छन् । लेक लागेर तीन जनाको मृत्यु हुनुका साथै केही बिरामी परेका छन् । यो महिना आन्तरिक तथा बाह्य पर्यटकलाई हिमाली क्षेत्रको पदयात्रा गर्न उपयुक्त मानिँदै आएको छ । प्रायः ठुलो वर्षा, हिमपात र बढी चिसो पनि नहुने हुँदा यो महिना धेरै पदयात्री पदयात्रामा निस्कने गर्छन् तर अहिले नसोचेको हि
रौतहटका १८ मध्ये १२ वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १२ गते निमित्तका भरमा चल्दै आएका रौतहटका १६ वटा स्थानिय तहमा एकै पटक दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो ।
भीरकोट नगरपालिका–४ सिसौघारीमा मन्दिरसहितको तलाउ निर्माण थालिएको छ । मन्दिरसहितको तलाउलाई धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै आम्दानीको स्रोतको रुपमा विकास गर्ने उद्देश्यले पालिकाल निर्माण थालेको हो