ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत आयोजनाको सुरुङ मार्ग खन्ने कार्य सुरु गरिएको छ । मिक्वाखोला गाउँपालिकामा निर्माणाधीन ३१.९२ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको सुरुङ मार्ग खन्ने कार्य सुरु गरिएको हो ।
१०० वर्ष अघिको गोर्खापत्र
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ८८ पैसा र बिक्रीदर १४७ रुपियाँ ४८ पैसा तोकिएको छ ।
गायिका तृप्ति खड्का गुरुङको स्वर तथा सङ्गीतमा ‘निदरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । तृप्तिलाई स्वरमा राज सिग्देलले साथ दिनुभएको छ । गीतले मायाप्रेमको वियोगान्तको कथा बोल्छ ।
सुरभि साहित्य प्रतिष्ठानले शनिबार एक कार्यक्रमबिच अभिनन्दन तथा पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा प्राडा अभि सुवेदीलाई अभिनन्दन गरिनुका साथै गुरुप्रसाद मैनाली सुरभि आख्यान पुरस्कार खगेन्द्र सङ्ग्रोला, सुरभि बाजुराम आख्यान साधना पुरस्कार, सुशीला प्रधानाङ्ग, सुरभि विजय वाङ्ममय पुरस्कार, ठाकुर शर्मा भण्डारी र सुरभि रमा बद्री निबन्ध पुरस्कार रामप्रसाद पन्तलाई प्रदान गरिएको थियो ।
नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘सातौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ । महोत्सवमा फ्रान्स, भारत, बङ्गलादेश, लिथुआनिया, जर्मनी, अमेरिका, अस्ट्रेलिया र इजरायललगायत विभिन्न देशबाट आएका आठ अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थिति रहेको थियो । समारोहमा सांस्कृतिक नृत्य तथा कला प्रस्तुतिका साथै छनोट चलचित्रको विशेष स्क्रिनिङ गरिएको थियो । माघ १८ गतेसम्म सञ्चालन हुने महोत्सव चाबहिलस्थित चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना रहने छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ ।
संसदीय समितिले लोकतान्त्रिक शासन व्यवस्था सुदृढीकरणका लागि अनिवार्य सर्त रहेको सुशासन प्रवर्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सदाचार नीति बनाउन सरकारलाई सहयोग पुग्ने गरी समितिले नीतिको मसौदासमेत तयार गरी संसद्मा प्रतिवेदन पेस गरेको छ । राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको अध्ययन प्रतिवेदनले यस्तो आवश्यकता औँल्याएको हो । संसदीय समितिले शासकीय सुधार तथा सुशासन प्रवर्धनसम्बन्धी कार्यक्षेत्रभित्र रही देशमा नैतिकता एवं सदाचार प्रवर्धन गर्न राष्ट्रिय सदाचार नीति बनाउन आवश्यक भएको निष्कर्ष निकालेको छ ।
सरकारले देशभर सञ्चालित तारे होटेलको सेवाको गुणस्तर, दिगोपन, वातावरणीय प्रभाव न्यूनीकरण र वातावरणमैत्री पूर्वाधारमा जोड दिँदै वर्गीकरणको मापदण्ड संशोधन गर्ने भएको छ । पर्यटन विभागका अनुसार तारे होटेलको मापदण्ड संशोधनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं पर्यटन महाशाखा प्रमुख इन्दु घिमिरेको संयोजकत्वमा काम सुरु भएको छ । समितिले विक्रम संवत् २०७६ देखि (विसं २०७७ मा पहिलो संशोधन) प्रचलनमा रहेको मापदण्ड परिमार्जन गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित मापदण्ड अनुसार संशोधनका लागि गृहकार्य थालेको छ ।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धामा पूर्वशिक्षामन्त्री नगन्य मात्रै प्रतिस्पर्धामा उत्रिएका छन् । २०६२/६३ को आन्दोलनपछि मुलुकमा करिब दुई दर्जन व्यक्ति शिक्षामन्त्री भएका छन् । पछिल्लो एक दशकमा भने एक दर्जनभन्दा बढी व्यक्ति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्न्नुभएको थियो । तीमध्ये २०६२/६३ को जनआन्दोलनपछि गठन भएको सरकारमा शिक्षामन्त्री बन्नुभएका मङ्गलसिद्धि मानन्धर र प्रदीप नेपाल तथा संविधान जारी भएपछि शिक्षामन्त्री बन्नुभएका धनीराम पौडेलको निधन भइसकेको छ ।
पूर्व शिक्षामन्त्री तथा नेकपा (एमाले) का नेता रघुजी पन्तले बामपन्थीहरु अध्ययनशील हुनुपर्ने बताउनुभएको छ । देशको मुहार फेर्न आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने भएकाले बामपन्थीहरु बढी अध्ययनशील हुनुपर्ने उहाँको भनाइ छ ।
काठमाडौं बौद्धकी साम्राज्ञी मोक्तान १८ औं मिस तामाङको ताज पहिरिनुभएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै यस पटकको ताज उहाँले पहिरिनुभएको हो ।
नेपाल आयल निगमले डिजेल र मट्टितेको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपियाँ बढाएको हो। तर पेट्रोल र ग्यासको मूल्य भने यथावत राखिएको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको कांग्रेसका लागि सत्ताभन्दा पार्टीको सिद्धान्त र आदर्श प्राथमिकतामा रहेको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।