स्याङ्जाको वालिङमा दुई सवारी साधन एक आपसमा ठोक्किएको घटनापछि विवाद हुँदा तीन जना घाइते भएका छन् भने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र बन्दै गएको छ । इटहरी उपमहानगरपालिका–७ की रञ्जिता बस्नेतले हरेक वर्ष स्वस्थानी व्रत बस्दै आएको बताउनुभयो ।
गोरखामा मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ । जिल्लाको आरुघाट गाउँपालिका – ३ घुमाउनेस्थित अन्दाजी ३० देखि ३२ वर्षसम्म देखिने एक नामथर वतन नखुलेको युवाको शनिबार बेलुका ७ः३० बजे मृत्यु भएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र–३ बाट मत खसाल्ने महिला मतदाताको सङ्ख्या तुलनात्मक रूपमा बढी रहेको छ । ३० वडा रहेका क्षेत्र नम्बर ३ अन्तर्गत एक लाख तीन हजार ८७ मतदाता हुनुहुन्छ ।
निर्वाचन प्रहरीको छनोट पश्चात लौरो प्रदान गर्दै धनकुटामा तालिम दिन सुरु गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि छनोट भएका निर्वाचन प्रहरीलाई शनिबारबाट तालिम दिन सुरु गरिएको हो ।
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका ४ थामडाँडामा स्थानीयको अगुवाइमा कबर्डहल निर्माण भएको छ । स्थानीय समुदायको अग्रसरतामा बेनी नगरपालिका ४ नम्बर वडा कार्यालय तथा रोजगारीको शिलशिलामा मुलुक बाहिर तथा मुलुककै अन्यत्र पुगेका स्थानीयको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष एवम् प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार उपेन्द्र यादवले मधेश जनविद्रोहकै कारण मुलुकमा बसोबास गर्ने पछाडि पारिएका जातजाति तथा समुदायका अधिकार सुनिश्चित भएको बताउनुभएको छ ।
राजधानी काठमाडौँ उपत्यकालाई तराई–मधेश जोड्न द्रूतमार्ग धेरै वर्षअघिको आवश्यकता हो । त्रिभुवन राजपथले हेटौँडालाई काठमाडौँ जोडेपछि छ दशकअघि राजधानी बाह्य यातायात सञ्जालमा जोडियो । हेटौँडादेखि काठमाडौँको दुरी १८८ किमी छ ।
अघिल्लो अर्थात् २०७९ सालको संसदीय चुनावमा निर्वाचन आयोगलाई मुख्य चुनौती बनेको थियो सामाजिक सञ्जाल । विभिन्न बैठक, अन्तर्क्रियामा आयोगका अधिकारी सामाजिक सञ्जाल बढी असामाजिक बन्दै जाँदा मिथ्या सूचना रोक्न गाह्रो भएको अनुभव राख्ने गर्दथे । त्यसपछि आयोगले एउटा अलग्गै युनिट राखेको थियो सामाजिक सञ्जालको अनुगमन गर्न । मेटा, टिकटकसँग समन्वय र सहकार्य पनि ग¥यो ।
कुनै पनि राष्ट्रका लागि लोकतान्त्रिक पद्धतिमा महत्वपूर्ण राजनीतिक निर्णय गर्ने आधार निर्वाचन हो । राष्ट्रको सर्वाङ्गिण विकासका लागि प्रतिनिधि सभाको निर्वाचन महत्वपूर्ण छ । देशभर यही फागुन २१ गतेका दिन प्रतिनिधि सभाका लागि निर्वाचन हुँदै छ । मुलुक निर्वाचनको महाकुम्भमा होमिएको छ । निर्वाचन स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण हुनु जरुरी छ । अब देशको राजनीतिक अवस्थालाई एक निश्चित धारमा पु¥याउन अबको
घोषणापत्र भनेको राजनीतिक दल वा उम्मेदवारले चुनावमा मतदातासामु प्रस्तुत गर्ने लिखित प्रतिबद्धताको औपचारिक दस्ताबेज हो । यसमा दल तथा उम्मेदवारको भोलिका लागि समाज तथा देशलाई अगाडि बढाउने दीर्घकालीन लक्ष्यसहितको दृष्टिकोण, नीति, योजनाका साथमा प्राथमिकता के छ भन्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरिएको हुन्छ । यो जनताका लागि जवाफदेहिता माग्ने स्पष्ट आधारपत्र हो । जसका आधारमा मतदाताले कुन
राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवार रहेका सपुतले आफ्नै निर्वाचन क्षेत्र बागलुङ क्षेत्र नम्बर १ बाट चुनावी अभियान थाल्नुभएको छ ।
नेपालको विद्यमान संविधान नेपाली जनताको नाममा जारी भएको इतिहासकै महत्वपूर्ण, अग्रणी र उत्कृष्ट संविधान हो । राज्यको यो सिद्धान्त निर्माण गर्न जनताले इतिहासका विभिन्न कालखण्डमा ठुलो मूल्य चुकाएका छन् । जनताको अथक मेहनत, सङ्घर्ष, बलिदानी र योगदानको आलोकमा बनेको संविधान पवित्र र सर्वस्वीकार्य मूल कानुन हो । यसको परिपालना गर्नु हामी सबै नेपालीको साझा कर्तव्य पनि ठहर्छ ।
आगामी फागुन २३ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर–३ मा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत आयोजनाको सुरुङ मार्ग खन्ने कार्य सुरु गरिएको छ । मिक्वाखोला गाउँपालिकामा निर्माणाधीन ३१.९२ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको सुरुङ मार्ग खन्ने कार्य सुरु गरिएको हो ।