बङ्गालको खाडीबाट उत्पन्न ‘मोन्था’ चक्रवातको प्रभावले देशभर वर्षा सुरु भएसँगै मधेशका किसान चिन्तित भएका छन् । बुधबार मध्यरातदेखि सुरु भएको सिमसिमे वर्षा बिहीबारसम्म बढ्दै गएको छ । दिनभर घाम नदेखिएपछि महोत्तरी र आसपासका जिल्लाका किसान कृषि बालीमा पर्ने प्रभावलाई लिएर चिन्तित भइरहेका हुन्
सल्यान शारदा नगरपालिका–१ श्रीनगरमा सञ्चालन गरिएको शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरमार्फत ७४ जनाले निःशुल्क स्वास्थ्य परीक्षण, उपचार र सहयोग सामग्री प्राप्त गरेका छन् ।
सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–घुर्मी सडकखण्डको स्तरोन्नति हुन नसक्दा सर्वसाधारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् । सवारीसाधनबाटै सो खण्डको ४६ किलोमिटर दुरी पार गर्न यात्रुलाई छ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।
वन विकास र पुनरुत्पादनको काम पूर्ववत् सञ्चालन गर्न कोशी प्रदेश सरकारले बनाएको ऐनलाई टेकेर वन संवर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यविधि निर्देशिका, २०८२ लाग, गर्ने तयारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न समयमा फरार भएर लुकेर बसेका प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
सिप र जाँगर भए सबैले पत्याउँछन् । उमेरले ६० काट्नुभएका भीमबहादुरको मेहनतले बुढेसकालमा पनि काम गररै मनग्गे कमाइ गर्न सकिन्छ भन्ने स्थापित भएको छ । उहाँ काठको मूर्ति बनाउने काममा सधैँ तल्लीन हुनुहुन्छ । सानाठुला सबैलाई सम्मान गरेर बोल्नुहुन्छ । उमेर बुढ्यौली भए पनि उहाँको मेहनत भने तन्नेरी छ । सिप सयौँ वर्षअघिको मल्लकालीन कलाकार जस्तै छ । आफ्नो सिपमा उहाँ कहिल्यै घमण्ड गर्नुहुँदैन । बुवाबाट सिकेको कला तीन भाइलाई पनि सिकाइसक्नुभएको छ ।
पहाडको रोमाञ्चित यात्रा गर्न रमाउने पर्यटकका लागि लमजुङको दोर्दी गाउँपालिकाले चार हजार ४५६ मिटर उचाइमा रहेको ‘मेमे पोखरी कल्चरल ट्रेल’ सञ्चालनमा ल्याएको छ । हिमालचुली र मनास्लु हिमालको काखमा रहेको सुन्दर मेमे पोखरी निकै रमणीय छ ।
सप्तरीमा काटिएको धान खेतमै अलपत्र परेपछि किसानलाई क्षति व्यहोर्नुपरेको छ । पाकेको धान भित्र्याउन किसानहरू धमाधम धान काटिरहेको बेला बुधबारदेखि लगातार परेको पानीका कारण काटेको धान खेतमै अलपत्र परेपछि किसानले क्षति व्यहोर्नु परेको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सेवा लिनेहरूको संख्या बढ्दै गएपछि फार्मेसी सेवा विस्तार गरिएको छ । लुम्बिनी प्रदेशको सबैभन्दा जेठो यो अस्पतालमा सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि पहिलो प्रस्थान विन्दुको मान्यता दिएपछि सेवा लिन आउनेको सङ्ख्या थप बढेको छ ।
दैलेखको सदरमुकाम नारायण नगरपालिका–१ स्थित पुरानो बजारमा रहेको ऐतिहासिक कोतगढी पर्यटकीय गन्तव्य बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनको सम्भावना बोकेको ऐतिहासिक कोतगढी पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको हो । दैलेख सदरमुकाम नारायण नगरपालिका–१, पुरानो
जिल्ल्लाका ११ स्थानीय तहले विगत वर्ष भन्दा आर्थिक वर्ष २०८०/८१ मा इन्धन मर्मत र गाडी भाडामा ६० प्रतिशत कम खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालय काठमाडौँले सार्वजनिक गरेको स्थानीय तहको लेखा परीक्षण प्रतिवेदन अनुसार जिल्लाका ११ स्थानीय तहले आव २०७९/८० मा इन्धनमा पाँच करोड ८४ लाख एक हजार ९४० रुपियाँ, गाडी भाडामा एक करोड २२ लाख रुपियाँ र मर्मतमा तीन करोड ४९ लाख ८३ हजार ५९७ समेत गरी १० करोड ५५ लाख ८६ हजार ५५ रुपियाँ खर्च गरेका थिए । आव २०८०÷८१ मा इन्धनमा तीन करोड ३५ लाख ६५ हजार ४९८ रुपियाँ, गाडी भाडामा २७ लाख ८७ हजार ४८० रुपियाँ र मर्मतमा एक करोड १४ लाख सात हजार ६०२ रुपियाँ गरी चार करोड ६५ लाख ५८० रुपियाँ मात्र खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चारवटा पर्यटकीय स्थलहरुबाट चालु आर्थिक २०८२/०८३ मा एक करोड १५ लाख रुपियाँभन्दा बढी आन्तरिक आम्दानी सङ्कलन गरेको छ ।
गत भदौ २४ गते जेनजी समूहको आन्दोलनमा आगजनीबाट ध्वस्त गरिएको कर्णाली प्रदेश सभा भवन चालु आर्थिक वर्षको नियमित बजेटबाट पुनर्निर्माण गर्ने निर्णय भएको छ । कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङको अध्यक्षतामा बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले चालु आवको नियमित बजेटबाट पहिलो चरणमा सचिवालय र दलका पदाधिकारीहरूको कार्यालय पुनर्निर्माण गर्ने निर्णय गरेको हो । प्रदेश सभामा आगजनी भएको करिब ४९ दिनपछि यस विषयमा बैठक बसेको हो ।
हुम्लाको नाम्खा गाउँपालिका–६, लिमी लाप्चास्थित नेपाली भूभागमै पछिल्लो समय चीनको गतिविधि र निगरानी बढेको पाइएको छ । नेपाली भूभागमै चिनियाँ सुरक्षाकर्मीले अनुगमन र माइकिङ गरेर आवतजावतमा अवरोध गर्न थालेको स्थानीयको गुनासो छ । नाम्खा गाउँपालिका–६ को लाप्चा क्षेत्र (लोलुङजोङ) नेपाल र चीनबिच सीमाङ्कनका क्रममा अस्पष्ट रहेको स्थानमध्ये एक हो । चिनियाँ पक्षले यो क्षेत्रलाई निषेधित भने पनि विगतदेखि नै त्यहाँ पुगेर तीर्थालुले कैलाश मानसरोवरको दूरदर्शन गर्दै आएका छन् । यही क्षेत्रमा हाल चिनियाँ पक्षको उपस्थिति बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
धनकुटा नगरपालिका–९ स्थित कोशी लोकमार्गमा पर्ने तिनघुम्तीमा बस दुर्घटना हुँदा एक जनाको घाइते भएका छन् ।