• १८ माघ २०८२, आइतबार

अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्ने कार्य सुरु

blog

सुरुङ मार्ग खन्ने कार्यमा सहभागी जनप्रतिनिधि तथा नेपाली सेनाहरु । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 
फुङलिङ, माघ १८ गते ।
ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत आयोजनाको सुरुङ मार्ग खन्ने कार्य सुरु गरिएको छ । मिक्वाखोला गाउँपालिकामा निर्माणाधीन ३१.९२ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको सुरुङ मार्ग खन्ने कार्य सुरु गरिएको हो ।

आयोजनाका लागि मेन एक्सिस टनेल र भेन्टिलेसन मार्गका लागि ब्लास्टिङ गरी सुरुङ मार्ग निर्माण कार्य सुरु गरिएको आयोजनाका जनसम्पर्क अधिकृत कल्याण गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार करिव ४ किलोमिटर लामो सुरुङ मार्ग हुने छ ।

सुरुङ मार्ग प्रदेशसभा सदस्य तिलकुमार मेन्याङवो, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा, मिक्वाखोला–४ र ५ का जनप्रतिनिधि सहितको उपस्थितिमा खन्ने कार्य गरिएको हो । सुरुङ मार्ग निर्माण एक वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको जनसम्पर्क अधिकृत गौतमले बताउनुभयो ।

करिव ६ अर्ब ३७ करोड रुपियाँ लागतमा निर्माण हुने आयोजनाको प्रवद्र्धक सौर्य होल्डिङ कम्पनी प्रालि रहेको छ । आयोजना निर्माणको निर्माण कार्य ३ वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ ।