आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउने लक्ष्यका साथ तनहुँमा निर्वाचन प्रहरीको आधारभूत तालिम सुरु भएको छ।
नेपाली कांग्रेस र नेकपा (एमाले) ले आलोपालो जित हात पार्दै आएको कैलाली निर्वाचन क्षेत्र ५ मा यस पटकको निर्वाचनमा नयाँ उम्मेदवारबिच रोचक प्रतिस्पर्धा हुने भएको छ ।
बागलुङ–कुश्मा चल्दै आएका छोटा दूरीका मिनीबसले नयाँ बसपार्क उपल्लाचौरमा जान नसक्ने र ट्राफिक चोकबाटै छुट्नुपर्ने माग राख्दै सडक ठप्प पारेका हुन् ।
म्याग्दीको बेनी नगरपालिका-१, रत्नेचौरको फाँटमा पहेँलपुर तोरीबाली र गहुँबालीको हरियाली ।
हिन्दु मुस्लिम एकता र नेपाल भारतका नागरिकबिच सम्बन्ध प्रगाढ गर्ने प्रतिकको रूपमा बाँकेको नरैनापुरमा १५१ वर्षदेखि हरेक वर्ष लाग्दै आएको प्रसिद्ध धार्मिक मेला सुरु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाउन नसकेको बताउनुभएको छ ।
बाँके जिल्ला अझै पनि क्षयरोगको जोखिममा रहेको पाइएको छ । जिल्लाको एउटा पालिकामा मात्रै छ महिनामा ५२ जना नयाँ क्षयरोगी भेटिएपछि जिल्लामा क्षयरोगको जोखिम बढ्दै गएको पुष्टि भएको हो ।
नेपालको निजी क्षेत्र र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउने उत्कृष्ट संस्था तथा व्यक्तित्वहरूलाई सम्मान गर्दै 'कर्पोरेट क्लब नेपाल'ले आफ्नो प्रतिष्ठित अवार्ड समारोहको पाँचौँ संस्करण सम्पन्न गरेको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्रित भएकाले यसलाई विशेष प्राथमिकतामा राखेर सुरक्षा बन्दोबस्त मिलाइएको र निष्पक्ष तथा भयरहित अवस्था सुनिश्चितता गरिने बताइएको छ ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो ।
पोखराको प्रतिष्ठित आहारारा पोखरा गोल्ड कपको पुरस्कार राशि वृद्धि भएको छ । आयोजक सहारा क्लबले २५ औँ आहारारा पोखरा गोल्ड कपको पुरस्कार राशि वृद्धि गरिएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा सात जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की टासी लाम्जोङ एक्ली महिला उम्मेदवार हुनुहुन्छ।
लिजी–नेचुङ (कोरला) नाकामा भारी हिमपातका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४,नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित भएको छ । गएको मङ्गलबारदेखि नाका क्षेत्रमा बाख्लो हिमपातका कारण कोरला नाकाबाट १४ किलोमिटर तल रहेको भन्सार कार्यालयबाट निकासी तथा पैठारी प्रभावित बनेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा सप्तरी जिल्लामा महिला उम्मेदवारको उपस्थिति यस पटक सङ्ख्यात्मक रूपमा मात्र होइन, राजनीतिक सन्देशका हिसाबले पनि अर्थपूर्ण बनेको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको क्षेत्र भनेर चिनिने इलाम क्षेत्र नम्बर १ मा अहिले चुनावी माहोल निकै बढेको छ । विगतमा नेकपा (एमाले)