• १८ माघ २०८२, आइतबार

हिमपातका कारण कोरला नाकामा कन्टेनर प्रवेश रोकियो

blog

लोमान्थाङ गाउँपालिका–४, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयान जाँचपास र प्रक्रियामा रहेका कन्टेनर । तस्बिर हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ १८ गते ।
लिजी–नेचुङ (कोरला) नाकामा भारी हिमपातका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४,नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित भएको छ । गएको मङ्गलबारदेखि नाका क्षेत्रमा बाख्लो हिमपातका कारण कोरला नाकाबाट १४ किलोमिटर तल रहेको भन्सार कार्यालयबाट निकासी तथा पैठारी प्रभावित बनेको हो ।

कोरला नाकास्थित चिनियाँ भन्सार कार्यालयमा विद्युतीय सवारीसाधनसहितअन्य सामान बोकेका कन्टेनर रोकिएको छ भने नेपालबाट निकासी हुने सामान बोकेका मालबाहक ट्र«क भन्सार कार्यालयमै रहेको मुस्ताङ भन्सार कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंहले बताउनुभयो । सूचना अधिकारी सिंहले भन्नुभयो, ‘‘बाख्लो हिउँ जमेकाले सेवा प्रभावित भएको छ, अझै एकसातासम्म नियमित हुने सम्भावना न्युन छ ।’’

भन्सार कार्यालयबाट  समुन्द्रि सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा रहेको कोरला नाकास्थित दसगजा क्षेत्रसम्मको सडक उकालो भएकाले सडकमा जमेको हिउँमा मालबाहक ट्रक लैजान समस्या हुने भएकाले भन्सार कार्यालयमै थन्किएका छन् । हिमपातपछि मौसम अनुकुल बन्दै गएको अवस्थामा डोजरको प्रयोग गरी हिउँ पन्छाउने प्रयास गरिएपनि चिप्लो हुदाँ सडकमै सवारीसाधन फस्ने जोखिम रहेको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताउनुभयो ।


भन्सार कार्यालयबाट सदरमुकाम जोमसोम जोड्ने कालिगण्डकी करिडोर अन्तरगत छोसेर–जोमसोम सडकखण्ड समेत हिउँ जमेकाले सहज समान ढुवानीमा समस्या हुने गरेको प्रमुख खड्काको भनाइ छ । भन्सार कार्यालयमा हाल करिब तीन दर्जन मालबाहक ट्र«क, कन्टेरन रोकिएको छ । भन्सार जाँचपास भएका र केही प्रक्रियामा रहेको अवस्थामा हिमपात भएपछि सेवा प्रभावित भएको प्रमुख खड्काले बताउनुभयो ।

भन्सार कार्यालयबाट कोरला नाकासम्म चिनतर्फ पैठारी गर्ने र फर्किने बेलामा चिनबाट आउने सामान ढुवानीका लागि  प्रयोग हुन्छ । भन्सार कार्यालयले माघ महिनाको पहिलोसातासम्म विद्युतीय सवारीसाधनसहित अन्य सामान बोकेका कन्टेनरबाट चार अर्ब ५४ करोड राजस्व उठाएको छ ।

वि.सं. २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका चालु आर्थिक वर्ष २०८३/०८४ सालको भदौ ३० गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको भन्सार कार्यालयबाट हालसम्म तीन हजार तीन सय २९ विद्युतीय (ईभी) गाडी सहित मालवाहक, कन्टेनरमार्फत सामान पैठारी भएको छ भने निकासीतर्फ नेपालमा उत्पादन हुने हस्तकला सामग्री, कपडा लगायतका सामान रहेको छ । यो अवधिमा ११ अर्ब बराबरको सामान आयात तथा २० करोड हजार बराबरको निर्यात भएको छ ।