चलचित्र ’परान’ शुक्रबारदेखि देशैभर प्रदर्शनमा आएको छ । दीपकप्रसाद आचार्य (काकु) को पहिलो निर्देशकीय चलचित्रले भावनात्मक पारिवारिक कथा बोकेको छ । चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह प्रमुख भूमिकामा देखिनुभएको छ । शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राईलगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले नीतिगत सुधारका कामलाई उच्च प्राथमिकतामा राखेको र केही सुधारका काम निजी क्षेत्रले अनुभव गर्ने गरी भइसकेको बताउनुभएको छ । जेनजी आन्दोलन र त्यस क्रममा भएको जनधनको क्षतिले निजी क्षेत्रमा परेको असर, लगानीकर्ताले गरेको अनुभव एवं विद्यमान अवस्थाबाट अगाडि बढ्न गरिनुपर्ने पहलका सम्बन्धमा लगानी बोर्ड र नेपाल उद्योग परिसङ्घले शुक्रबार आयोजना गरेको सार्वजनिक निजी संवादलाई सम्बोधन गर्दै उहाँले लगानी र लगानीकर्ताको सुरक्षाको विषयमा शङ्का नगर्न स्वदेशी एवं विदेशी लगानीकर्तालाई आग्रह गर्नुभयो ।
मलेसियामा नेपाली श्रमिक पठाउँदा श्रमिक र व्यवसायी दुवैको अधिकतम हित हुने गरी काम गर्न छलफल गर्ने निष्कर्ष निकालिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले श्रम, अर्थ परराष्ट्र, कानुन मन्त्रालयका अधिकारीसँग बिहीबार गर्नुभएको छलफलमा मलेसियाबाट पठाइएका नयाँ १० वटा मापदण्डका विषय मलेसिया सरकारको प्रस्ताव मात्र रहेको र यो नै अन्तिम नभएकाले द्विपक्षीय वार्ताबाट नेपाली श्रमिकको हितमा काम गर्ने पहल गर्ने निष्कर्ष निकालिएको हो ।
स्टार्टअप उद्यम कर्जाको सीमा घटाइएको छ । कर्जाबापत उद्यमीले २० लाख रुपियाँ पाउने भएका छन् । स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ लाई संशोधन गरेर सरकारले कर्जाको सीमा घटाएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसअघि तीन प्रतिशत ब्याजमा उद्यमीलाई २५ लाख रुपियाँसम्म त्यस्तो कर्जा वितरण गर्दै आएको थियो । अब उद्यमीले बिनाधितो तीन प्रतिशत ब्याजमा स्टार्टअप उद्यम कर्जा पाउने छन् ।
छिम्केश्वरी र बुढीमाई मन्दिर क्षेत्रको संरक्षण, भौतिक पूर्वाधार विस्तार र धार्मिक पर्यटन प्रवद्र्धनका उद्देश्यसहित सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा आँबुखैरेनी गाउँपालिकाका कार्यालय पाँच लाखभन्दा बढि दान दिएका छन् ।
गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गामा हरिबोधिनी (ठुलो) एकादशीको पावन अवसर पारेर हरेक वर्ष मेला लाग्ने गर्दछ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७३ पैसा र बिक्रीदर १४२ रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ ।
मोन्था चक्रवातका कारण भएको बदलीपछि शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा भएको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् ।
बेमौसमी हिमपात र वर्षाका कारण हजारौँ पर्यटक खुम्बु क्षेत्रमा अलपत्र परेका छन् । पछिल्ला चार दिनयता लगातार परेको वर्षा र हिमपातका कारण उडान हुन नसक्दा तथा आवतजावतमा समस्या भएपछि खुम्बु क्षेत्रमा मात्र करिब साढे पाँच हजार पर्यटक तथा तिनका सहयोगीको विचल्ली भएको हो । तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई जहाजको पर्खाइमा रहेका तथा मौसमका कारण रोकिएर करिब छ सयभन्दा बढी पर्यटक
सरकारले अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवर्धन गर्ने उद्देश्यले हाल कार्यान्वयनमा रहेको छबुँदे मापदण्ड खारेज गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णयमार्फत भिजिट भिसासम्बन्धी विसं २०८० माघ १० गते जारी भएको छबुँदे कार्यविधि खारेज गरी भिजिट भिसासम्बन्धी व्यवस्थालाई सहज बनाउने निर्णय गर्नुभएको हो । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलनमार्फत भिजिट भिसामार्फत विदेश जान चाहने नेपाली नागरिकका हकमा सहज बनाइएको जनाइएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार भिजिट भिसासम्बन्धी विद्यमान कार्यविधि खारेज गरिएको बताउनुभयो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । निगम सञ्चालक समितिको बैठकको आजको निर्णयअनुसार डिजेल र मट्टितेलमा एक एक रुपियाँ घटाइएको छ । पेट्रोलको मूल्य यथावत राखिएको छ।
लगातारको झरीले अर्घाखाँचीको मुख्य सडक अवरूद्व भएको छ । रिब्दीमा पहिरो जाँदा गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध भएको हो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर बाहिर रहेका पुराना नेता–कार्यकर्तालाई पुनः एमालेमै फर्किन आह्वान गर्नुभएको छ । शुक्रबार उहाँले जारी गर्नुभएको आह्वानपत्रमा लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र समृद्ध नेपालको यात्रामा पुनः एकताबद्ध हुन सबैलाई आग्रह गर्नुभएको हो।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ जिल्लाको सदरमुकाम बेशीसहर बजारस्थित घरमा गएराति भएको ढुंगा प्रहार घटनामा संलग्न तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङले सिसीटिभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।