प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा ललितपुरमा पनि विभिन्न दल र स्वतन्त्र उम्मेदवार मतदातामाझ पुगिरहेका छन् । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ललितपुरका तीन वटा क्षेत्रमा उम्मेदवारी दिएका ७१ उम्मेदवार मतदातालाई आफ्नो मुद्दा बुझाउन व्यस्त छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल चार दिने भ्रमणका लागि आज राति जापान प्रस्थान गर्नुभएको छ । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जानुभएको हो ।
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचन देशको अस्तित्व, अस्मिता र स्वाधीनता रक्षाका दृष्टिले सर्वाधिक महत्वको निर्वाचन भएको बताउनुभएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) जयराज सापकोटाले प्रहरीको पहिलो प्राथमिकता शान्ति सुरक्षा कायम गर्नु र अपराध अनुसन्धान नियन्त्रण रहेको बताउनुभएको छ।
दाङमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा ८ प ३६३१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा स्कुटरको पछाडि सवार लमही नगरपालिका ६ निवासी २२ वर्षीय अंकित चौधरी गम्भीर घाइते हुनुभएको थियो।
भारत सरकारले अस्थिर वित्तीय बजार र व्यापार अनिश्चितताका बाबजुद देशको आर्थिक वृद्धिलाई कायम राख्न केन्द्रित गर्दै आइतबार संसद्मा आफ्नो वार्षिक बजेट पेस गरेको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरता र जवाफदेही शासन व्यवस्थाका लागि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अपरिहार्य रहेको बताउनुभयो।
काठमाडौँ महानगरपालिका–२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिन गृह मन्त्रालयले सहमति दिएको छ।
लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान ९जनपद० पदको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
जीवन विज्ञान अभियानका संस्थापक एल पी भानु शर्माले अहिले सारा संसारलाई स्वास्थ्य र आरोग्य चाहिएको र नेपालले त्यो सारा विश्वलाई दिनसक्ने बताउनु भएको छ।
गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो।
कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर (प्रमुख) गोपाल हमालले अरूले पार्टी रोज्दा आफूले जनता रोजेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ’ लेख्नुभएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा निर्वाचनको तयारीबारे जानकारी लिनुभएको छ।
सुदूरपश्चिम प्रदेशको स्थानीय सेवा गठन तथा सञ्चालन पहिलो संशोधन विधेयक २०८२ लाई विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ ।
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ।