आइसिसी विश्वकप लिग–२ शृङ्खलामा नेपालले अमेरिकालाई २७२ रनको चुनौती दिएको छ । उपकप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले २७१ रन बनाएको हो । नेपालले एक बल बाँकी हुँदा सबै विकेट गुमाएको हो ।
रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१–८२ मा ३४ लाख एक हजार ३१५ रुपियाँ ८४ पैसा नाफा आर्जन गरेको छ ।
नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लगानीका दायरा विस्तार गर्न सरकारी, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा गैरसरकारी कोषसँग सार्वजनिक-निजी साझेदारीमार्फत सहकार्य गर्दै ठूला र रोजगारमुलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ ।
रसुवाको प्रवेशद्वार मानिने वेत्रावती क्षेत्रका स्थानीयवासीहरु लामो समयदेखि अलपत्र अवस्थामा रहेको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्र्रुबेंशी सडक आयोजनाको काम सुस्त हुँदा आक्रोश व्यक्त गरेका छन् ।
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय धुन्चेले लाङटाङ क्षेत्र घुम्न आउने पदयात्रीहरुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
दक्षिणी भारतको आन्ध्र प्रदेशको कासिबुग्गाको वेंकटेश्वर मन्दिरमा शनिबार भागदौड मच्चिँदा कम्तीमा नौ जनाको मृत्यु भएको आन्ध्र प्रदेशका गभर्नरले बताउनु भएको छ ।
गुल्मीमा पशुचौपायमा हुने खोरेत रोग नियन्त्रण तथा उन्मुलन गर्ने अभियानमा प्रभावकारी रुपमा अगाडि बढेको छ। लुम्बिनी प्रदेश सरकाले पहाडी जिल्लाको रुपमा गुल्मी र अर्घाखाँचीसहित अरु जिल्लाका केही पालिकाबाट खोरेत रोग मुक्त गर्ने अभियान सुरु गरेको छ ।
चीनले शनिबार उसको शेन्झाउ-२१ यानले सफल प्रक्षेपणपछि आफ्नै राष्ट्रिय रेकर्ड तोड्दै चीनको अन्तरिक्ष स्टेशनसँग अत्यन्त तीव्र गतिमा सफलतापूर्वक डक गरेको घोषणा गरेको छ ।
हरिबोधिनी एकादशीको अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचङ्गुनारायण स्थानका साथै काठमाडौँ उपत्यका र बाहिरका अन्य साना ठूला नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको हो ।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको वार्तालाई दुई देशबिचको सम्बन्धमा ‘निर्णायक मोड’भएको बताउनुभएको छ ।
हरिबोधिनी एकादशीको दिन आज बागलुङ नगरपालिका –१ निरयघाटस्थित पवित्र कालीगण्डकी नदीमा तोरण तार्दै भक्तजनहरु । तस्बिरः नवराज नेपाली
एसिया-प्रशान्त क्षेत्रका २१ राष्ट्रका उच्च नेताले शनिबार आफ्नो वार्षिक एपेक शिखर सम्मेलन सम्पन्न गर्दै क्षेत्रीय आर्थिक सहकार्य र साझा समृद्धिका लागि प्रतिबद्धता जनाएका छन् ।
सामाजिक कार्यमा सक्रिय देउराली चोकको आमा समूह बागलुङले तिहारको अवसरमा आयोजित देउसीभैलो कार्यक्रममा संकलित रकममध्ये केही रकम मानवसेवा आश्रमलाई हस्तान्तरण गरेको छ ।
चीनको स्वाशासित क्षेत्र न्यालाम सरकारले मनमौजी रुपमा मालबस्तु छाड्नेक्रमले तातोपानी नाका हुँदै नेपाल आउन लागेका मालबस्तु बोकेका कन्टेनरका करोडौं मूल्यका सामान चिनियाँ क्षेत्रमा नै रोकिएका छन् ।
उत्तरी ध्रुवको चिसो छल्न हिउँदे आगन्तुक चरा कैलाली, कञ्चनपुरमा रहेका सिमसारमा आउन थालेका छन् । जाडो याममा त्यहाँको भन्दा यहाँ तुलनात्मक रुपमा बढी तापक्रम हुनेगरेका कारण साइबेरिया, मंगोलिया, रसियालगायतका देशबाट हिउँदे आगन्तुक जलपन्छी आउन थालेका हुन् ।