आगामी प्रतिनिधि सभा निर्वाचनमा दाङ जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा पुराना, नयाँ दल तथा स्वतन्त्र गरी ६० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । तीमध्ये ५५ जना पुरुष र पाँच जना महिला उम्मेदवार रहेका छन् ।
नवलपुरको गैँडाकोटस्थित नारायणी नदीबाट ५० करोड रुपियाँको लगानीमा नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालनमा ल्याइएको छ । नवलपुर र यहाँको पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित आइतबार साँझदेखि राइनो क्रुज सञ्चालनमा ल्याइएको हो ।
रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा बहुपक्षीय भिडन्त हुने भएको छ । लामो समयदेखि राप्रपाको पकड रहेको यो क्षेत्रमा यस पटक नेपाली कांग्रेस, नेकपा (एमाले), रास्वपा, नेकपालगायत दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यो क्षेत्रमा राप्रपाको दीपक बोहोराले लामो समय राजनीति गरेका थिए ।
रुकुमपश्चिमका मतदाता कामको खोजीमा बैतडीको झुलाघाट आइपुगेका छन् । झुलाघाटमा सडक निर्माणको काम पाएपछि उनीहरू फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्न जान नसक्ने बताएका छन् ।
नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको गाउँ लिमीका तीनै गाउँका स्थानीय मतदाताले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति सार्न माग गरेका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पुराना दल विगतको विरासत जोगाउने कसरतमा छन् । अघिल्लो निर्वाचनमा जितेको कांग्रेसले यस पटक पुनः आफ्नो क्षेत्र कसरी सुरक्षित राख्ने दाउमा छ भने एमालेलगायत दल कांग्रेसको त्यो विरासत तोडेर आफ्नो पक्षमा कसरी ल्याउने दाउमा छन् । गत चुनावमा सुर्खेतका दुई वटा निर्वाचन क्षेत्रमा कांग्रेसले जितेको थियो । क्षेत्र नं. १ मा कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ४२ हजार ६०७ र क्षेत्र नं. २ मा पूर्वमन्त्री हृदयराम थानीले ३४ हजार ६२५ मत प्राप्त गरी जित्नुभएको थियो । दुवैमा प्रत्यासी क्रमशः नेकपा (एमाले) का ध्रुवकुमार शाही र अमृतबहादुर बुढाक्षेत्री हुनुहुन्थ्यो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
लेखक साहित्यकार तथा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष स्वर्गीय अमर नेम्वाङको स्मृतिमा स्थापित ‘अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार’ यस वर्ष तीन जना स्रष्टालाई प्रदान गरिने भएको छ ।
यही माघ २४ देखि फागुन २ गतेसम्म करिव २५ सय किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप प्रदान गरिने भएको छ । खोप अभियानको तयारी अन्तिम चरणमा पुगेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
आगामी फागुन २१ गते हुन गइराखेको प्रतिनिधिसभा निर्वाचनका लागि रुकुमपूर्वको जिल्ला सुरक्षा समितिले अनुगमन तीव्र पारेको छ ।
प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता र मिडिया जागरण अभियान सुरुवात गरेको छ ।
ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् ।
मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरु जुनारको मूल्य कहिले पाइएला भन्ने चिन्तामा छन् ।
जिल्ला प्रहरी कार्यालय दाङले निर्वाचन प्रहरीको वैकल्पिक सूचिमा रहेका उम्मेदवारहरूलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ ।