समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
निर्माण सम्पन्न भएको दुई वर्ष हुन लाग्दा पनि सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमानमा बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको बसपार्क सञ्चालनमा आउन सकेको छैन ।
गुल्मीदरबार गाउँपालिका–४ को विरबास स्वास्थ्य चौकी २०७८ पुस ११ गते निर्माण सम्झौता भएको थियो ।
राप्ती राजमार्गको दाङ–सल्यान खण्ड यस क्षेत्रको महत्वपूर्ण जीवनरेखा हो तर यो सडकखण्ड समयमै मर्मतसम्भार र स्तरोन्नति हुन नसक्दा यात्रु तथा स्थानीयलाई सास्ती भइरहेको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा स्वच्छता कायम राख्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले सबै राजनीतिक दलहरूका प्रमुख एवं नेताहरूलाई पत्राचार गर्दै खानेपानी, सरसफाइ तथा स्वच्छता, जलवायु अनुकूल सरसफाइलगायत क्षेत्रमा सहकार्य र समन्वय गर्न आग्रह गर्नुभयो ।
जुम्लाको हिमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणा गरिएको छ । पालिकामा रहेका सात वटै वडा बालविवाहमुक्त घोषणा भएसँगै आइतबार सिङ्गो गाउँपालिकालाई बालविवाहमुक्त घोषणा गरिएको हो ।
दङ्गीशरण गाउँपालिका-६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो । चैत, वैशाखको खडेरीमा इनार सुकेपछि बिहान ४ बजेदेखि लाइनमा बसेर दुईवटा गाग्रीमा पानी एकैपटक ल्याउनुपर्ने बाध्यता उहाँलाई अझै स्मरण छ ।
मुगुमा आगलागीका कारण पछिल्लो चार वर्षमा नौ करोड रुपियाँ बराबरको क्षति भएको छ ।
कोशी प्रदेश सरकारले खोटाङ जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १५ शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
जर्मन अन्वेषक तथा भूगर्भशास्त्री गुडन कर्विन्सको खोजलाई पछ्याउँदै पुरातत्व विभाग अहिले महोत्तरीको बर्दिबास–३ राइमण्डल क्षेत्रमा पाषाण युगकालीन हतियार खोज्दै छ ।
बेनी नगरपालिकाले “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालेको छ । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रम सञ्चालन भएको हो ।
जैमिनी नगरपालिकामा तीनवटा सडक अहिले धमाधम कालोपत्र भइरहेको छ । नगरपालिकाको केन्द्र पुग्ने दुई सडक धमाधम कालोपत्र भइरहेको छभने र कुश्मिसेराबाट सकुर्वा–ब्याडथला पुग्ने सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ ।
महिला तथा बालहिंसा न्यूनीकरण गर्न यहाँको रामप्रसादराई गाउँपालिकाले कानुनी परामर्श तथा चेनतामूलक कार्यक्रम सञ्चालन गरेको छ । विपन्न, गरिब, सीमान्तकृत, अल्पसङ्ख्यक नागरिकहरूमा न्यायको पहँुच विस्तार गर्न कार्यक्रम गरिएको हो ।
यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ । यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई आवश्यक तालिमसमेत दिएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–७ अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् ।