कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको विधान अनुसार जापानमा स्वतन्त्र पत्रकारिता गरिरहेका तथा विभिन्न मिडियासंग आबद्ध पत्रकारहरूको सहभागितामा अन्तर्राष्ट्रिय पत्रकार महासंघ, जापान शाखा गठन भएको छ ।
साँगे सभ्यता संरक्षण तथा विकास अभियानद्वारा प्रकाशित ‘साँगे दर्पण’ पुस्तक लोकार्पण गरिएको छ । काठमाडौँस्थित लेखनाथ साहित्य सदनमा नेपाल सरकारका पूर्वसचिव पुरुषोत्तम ओझा, विशेष अदालतका पूर्वन्यायाधीश कृष्णवल्लभ काफ्ले, पूर्वन्यायाधीश एवं काठमाडौँ विश्वविद्यालय, कानुन सङ्कायका डिन डा. ऋषिकेश वाग्लेलगायतले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभयो ।
स्थानीय सेवा ऐन बनाउन सुदूरपश्चिम प्रदेशमा प्रक्रिया अगाडि बढेको छ । प्रदेश सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग गरेको सहमति अनुरूप स्थानीय सेवा ऐनलाई यसै हप्ता बनाउने गरेर प्रक्रिया अगाडि बढाइएको हो ।
मकवानपुर, जेठ १३ गते । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।सोमबार बेलुका बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेको बा३ख ५९९० नम्बरको यात्रुबस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो ।दुर्घटनामा अन्दाजी ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दुई जनाको ठेगाना खुलेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका एकजनाको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ भने अन्यको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बसचालक थाहा–५ वसन्तका २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस
बागलुङ, जेठ १३ गते । बागलुङको बरेङ गाउँपालिका १ र २ को सिमानामा पर्ने पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनपार्क’ निर्माण गरिएको छ । बरेङ बजार नजिकै रहेको ठूल्डाँडा क्षेत्रमा गाउँपालिकाले रु ४० लाख लागतमा ‘फनपार्क’ निर्माण गरी सञ्चालनमा ल्याएको हो ।पार्क सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । तीन वर्ष अगाडि निर्माण सुरु गरिएको पार्क यसै वर्षदेखि सञ्चालनमा आएको गाउँपालिका कार्यालयले जनाएको छ ।एक दशक अगाडिसम्म झाँडीले ढाकिएको उक्त क्षेत्र अहिले रमणीय बनेको स्थानीय बताउँछन् । पार्क निर्माण भएपछि बरेङसहित बागलुङको गलकोट, जैमिनी, गुल्मी, स्याङ्जालगायत ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका स्थानीय चित्र थापाले बताउनुभयो । गर्मीयाम सुरु भएपछि पार्कमा रहेका रुखका छहारीमा बस्न आउनेको सङ्ख्या बढेको उहाँको भनाइ छ ।करिब दुई हेक्टर क्षेत्रफलमा बनेको पार्कमा बालबालिकाका लागि खेल्ने, वनभोजस्थल, भवन, फोटो खिच्नेस्थाललगायत पूर्वाधार बनेकाले आन्तरिक पर्यटकको आकर्षण बढेको थापाले उल्लेख गर्नुभयो ।बरेङका सबै वडासहित गुल्मी, स्याङ्या, माछापुच्छ्रेलगायत हिमालहरू अवलोकन गर्न सकिने भएकाले ठूल्डाँडा र पार्क पर्यटकका लागि आकर्षण केन्द्र बनेको उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, “पहिले हामीले यहाँ गाईभैँसी चराउने गथ्र्यौँ, अहिले सुन्दर पार्क बनेको छ । सामाजिक सञ्जालको प्रयोगले पार्कको प्रचारप्रसार भएपछि आन्तरिक पर्यटक आउने गरेका छन्, यहाँ फोटो, भिडियो खिच्न, वनभोज खान, हिमालको अवलोकन गर्न पर्यटक आउने गरेका छन् ।”बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले पदमार्ग र मोटरबाटोले ठूल्डाँडा जोडेपछि पर्यटकको आगमनमा वृद्धि आएको बताउनुभयो । ठूल्डाँडामा पार्कसहित खानेपानी, शौचालय, बालबालिकाका लागि खेल्ने स्थान, वनभोजस्थल, आरामका लागि भवन, फोटो खिच्न पूर्वाधार बनाइएको उहाँको भनाइ छ । पार्कमा खुला व्यायामशालासमेत निर्माण गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।“यो ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि प्रचारप्रार र पर्याप्त पूर्वाधार नहुँदा आझेलमा परेको थियो, यसलाई संरक्षण र प्रवर्द्धन गरी स्थानीयको आयआर्जनको स्रोत विकास गर्नुपर्छ भन्ने उद्देश्यल यहाँ पूर्वधार निर्माण गर्यौँ, पदमार्ग र मोटरबाटो दुवैले जोड्यौँ”, अध्यक्ष शमाले भन्नुभयो, “अहिले ‘फनपार्क’मा व्यायामशालासहित थुप्रै संरचना बनेका छन्, जसले गर्दा यहाँ दैनिक पर्यटक आउने गरेका छन् । वरपर रहेका रुखसहित पोखरी पनि संरक्षण गरेर राखेका छौँ ।”
नेपालमा आर्थिक सुधारको सुरुवात २०४२ सालमै भए पनि गति लिन भने सकेको थिएन ।
काठमाडौँ, १३ जेठः राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष आर्थिक वर्ष २०८० ।८१ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस गरेको छ । केन्द्रका सचिव सरजुकुमार वैद्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसमक्ष पेस गर्नुभएको हो । सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सम्पत्ति विवरण पेस गर्नुपर्ने प्रावधान छ । सार्वजनिक पदमा बहाल भएको मितिले साठी दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र कानुनबमोजिम आफ्नो सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण पेस गर्नुपर्ने व्यवस्था छ । यस्तै, तोकिएको म्यादभित्र सम्पत्तिको विवरण पेस नगर्ने सार्वजनिक पदधारण गरेको व्यक्तिलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० (३) बमोजिम कारबाही गर्ने व्यवस्था छ ।सो प्रतिवेदन ग्रहण गर्नुहुँदै आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले तोकिएबमोजिम प्रतिवेदन पेस गरेकामा राष्ट्रिय सतर्कता केन्द्रलाई धन्यवाद दिनुभयो । उहाँले सम्पत्ति विवरण सङ्कलनकार्यलाई व्यवस्थित, भरपर्दो र सूचना प्रविधिमा आधारित बनाउन राष्ट्रिय किताबखाना (निजामती, शिक्षक, प्रहरी) र सैनिक अभिलेखालयका साथै राष्ट्रिय सतर्कता केन्द्रसमेतका निकायबीच विद्युतीय तथ्याङ्क सङ्कलन प्रणालीलाई एकीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।प्रचलित कानुनले निर्दिष्ट गरेको समयभित्र अझै पनि कतिपय पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण नबुझाउने गरेको सन्दर्भमा सबै सरकारी निकायमा यस विषयमा प्रवर्द्धनात्मक कार्य गर्न पनि प्रमुख आयुक्तले राष्ट्रिय सतर्कता केन्द्रको ध्यानाकर्षण गराउनुभयो ।प्रमुख आयुक्त राईले समयमा आएको परिवर्तनसँगै सतर्कता केन्द्रले गर्दै आएको कार्यका अतिरिक्त सार्वजनिक सेवा प्रवाह हुने कार्यालयमा समेत अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले केन्द्रले विकास निर्माणका परियोजनाको प्राविधिक परीक्षण गरेर विभिन्न सुझाव र निर्देशन दिने गरेको सन्दर्भमा प्राविधिक परीक्षण गरेपश्चात केकस्तो सुधार आएको छरु सोबारे अनुगमन गर्न पनि केन्द्रलाई निर्देशन दिनुभयो । सतर्कता केन्द्रका सचिव वैद्यले प्रतिवेदनमा रहेको विषयलाई संक्षिप्त रूपमा जानकारी गराउनुभएको थियो । प्रतिवेदनअनुसार आव २०८०–८१ मा सम्पत्ति विवरण बुझाउने दायित्व भएका सङ्घका चार लाख ८८ हजार २८० जना, प्रदेशका १९ हजार ८३४ जना र स्थानीय तहका दुई लाख ७३ हजार २३९ जना कर्मचारी तथा पदाधिकारी छन् । त्यसमध्ये सङ्घका चार लाख ८३ हजार ६८७, प्रदेशका १९ हजार ३५५ र स्थानीय तहका २७ हजार २८० गरी सात लाख ७५ हजार ८४९ जनाले सम्पत्ति बुझाएका छन् । पाँच हजार ५०४ जनाले तोकिएको समयावधिभित्र सम्पत्ति विवरण नबुझाएको प्रतिवेदनमा उल्लेख छ । विगत वर्षहरूमा भन्दा सम्पत्ति विवरण नबुझाउनेको सङ्ख्या घट्दो क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ । तोकिएको समयावधिभित्र सम्पत्ति विवरण नबुझाएका सार्वजनिक पदधारण गरेका राष्ट्रसेवक तथा पदाधिकारीलाई प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीका लागि आयोगले कदम चाल्ने सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्बको बजेट निर्माण हुनुपर्ने राष्ट्रिय योजना आयोगको अभिमत छ ।
नेता तथा नेतृत्वको परिभाषा विभिन्न विद्वान्ले जसरी गरे पनि राजनीतिक आँखाबाट हेर्दा नेता भनेको देश र जनताले दीर्घकालसम्म स्मरण गर्न लायकका विचार र व्यवहारले खारिएको व्यक्तित्व हुन् ।
व्यावसायिक पत्रकारिता लोकतन्त्रमा मात्रै सम्भव छ भन्ने मान्यता छ ।
विश्वव्यापी रूपमा मान्यता प्राप्त शैक्षिक कार्यक्रम युसिमास (युनिभर्सल कन्सेप्ट अफ मेन्टल अर्थमेटिक्स सिस्टम) नेपालको १३ औँ राष्ट्रिय अबाकस तथा मानसिक गणित प्रतियोगिता काठमाडौँमा सम्पन्न भएको छ ।
राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२ जेठ १५ गते बिहीबारदेखि सुरु हुने भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत पर्यटन क्षेत्र रहेको छ । उक्त गाउँपालिका चितवनको एक मात्र गाउँपालिका हो ।
कास्की, जेठ १३ गते । अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मिटर) आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा यस वर्ष हीरक महोत्सव मनाइने भएको छ । अन्नपूर्ण (नर्थ)को आधार शिविरमा पहिलोपटक कार्यक्रम गर्न लागिएको हो ।सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वले अन्नपूर्ण प्रथम हिमालयको सफल आरोहण गरेको थियो । हर्जोगसँगै लुइस लचेनल र दुई नेपाली शेर्पा उक्त आरोहणमा सहभागी थिए । नेपालमा आठ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी, अन्नपूर्ण गाउँपालिका म्याग्दीको व्यवस्थापनमा हीरक महोत्सव मनाउन लागिएको सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने भएकाले सोही स्थानमा हीरक महोत्सव मनाइने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले जानकारी दिनुभयो । “हामीले पहिलोपटक आरोहण भएको सम्बन्धित स्थानमा पुगेर कार्यक्रम गर्दैछौँ । यसबाट नेपालको पर्वतीय पर्यटनको थप प्रवर्द्धन हुनेछ”, उहाँले भन्नुभयो ।महोत्सवमा फ्रान्सलगायत युरोप–अमेरिकालगायत देशका १२ राजदूतलाई समेत निमन्त्रणा गरिएको लामिछानेले जानकारी दिनुभयो । नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा यही जेठ १७ देखि १९ गतेसम्म पदयात्रा गरिने छ । पदयात्रामा फ्रान्स र नेपालका विशिष्ट व्यक्तिको सहभागिता हुने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।मौरिस हार्जोगका छोरा माथियास इमानुएल म्याक्सिमिलियन हार्जोग र उहाँका परिवारसहित १४ सदस्यीय टोली नेपाल आइपुगेको छ । आधार शिविरबाट ३० किलोमिटर दूरीको म्याराथन दौडसमेत आयोजना गरिएको अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भरतकुमार पुनले बताउनुभयो । उहाँका अनुसार आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गरिने छ ।आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने पदमार्गलाई ‘मौरिस हर्जोग पदमार्ग’ नामकराण गरिएको छ । उक्त पदमार्गका साथै सालिकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।