संयुक्त राज्य अमेरिकामा फैलिएको शक्तिशाली हिउँको आँधीको कारण २४ सय भन्दा बढी उडान रद्द भएको जनाइएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलो पटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गर्नुभएको छ ।
स्वास्थ्य बिमा कार्यक्रमलाई आवश्यक सुधार गरेर लानुपर्ने सांसद रेणु चन्दले माग गर्नुभएको छ ।
मनाङ, माघ १९ गते । मनाङको ङिस्याङ गाउँपालिका-४, हुम्देस्थित विमानस्थल र आसपास क्षेत्रमा परेको हिउँ ।
दक्षिणपन्थी राजनीतिक वैज्ञानिक लौरा फर्नान्डिज कोस्टारिकाको राष्ट्रपति निर्वाचित हुनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउनका लागि नेपाल प्रहरीको भूमिका संवेदनशील र निर्णायक हुने बताउनुभएको छ ।
अस्ट्रेलियामा १६ वर्ष मुनिका प्रयोग कर्ताको सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुन अनुसार स्न्याप च्याटले चार लाख १५ हजार खाता बन्द गरेको कम्पनीले सोमबार जनाएको छ ।
इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीले अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध हुन सक्छ भनी चेतावनी दिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता हुने आशा व्यक्त गर्नु भएको छ ।
नेपाली कांग्रेसका बाजुराले आफ्नो चुनावी घरदैलो अभियान सुरु गरेको छ ।
राष्ट्रिय सभाको बैठक सुरु भएको छ ।
बेल्डाँडी गाउँपालिकाले छोरी जन्माउने अभिभावकलाई प्रोत्साहन स्वरूप रू तीन हजार भत्ताको व्यवस्था गरेको छ ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी सत्य, तथ्य सूचना र सामग्रीलाई व्यापकता दिई मतदाता शिक्षाको प्रवर्धन, सञ्चार अनुगमनलगायतका विषयमा आज सरकारी स्वामित्वका सञ्चारमाध्यम र सम्बन्धित निकायसँग छलफल गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव हाम्रो द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गर्नुभएको छ ।
जापानले गहिरो समुद्री परीक्षण मिसनका क्रममा समुद्रको करिब छ हजार मिटर गहिराइबाट दुर्लभ पृथ्वी तत्व भएको खनिजयुक्त जमेको पदार्थ सफलतापूर्वक पुनः प्राप्त गरेको जनाएको छ ।