प्रधानमन्त्री सुशीला कार्कीसमक्ष मातृभाषा शिक्षासम्बन्धी सिफारिस, २०८२ र अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२–२०३२) सम्बन्धी नेपालको राष्ट्रिय कार्ययोजना पेस भएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरि ईजाजत प्राप्त हातहतियार बुझाउन गरेको आग्रहको करिब एक महिनामा २३ थान मात्रै हतियार बुझाइएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेशलगायत तीन अध्यादेश, २०८२ सर्वसम्मतिले स्वीकृत भएको छ ।
आदिवासी समुदायको परम्परागत ज्ञान, सीप र ऐतिहासिक संस्कृति विशाल छ । त्यसबारे यथोचित अनुसन्धान हुन नसकिरहेको बेला आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अनुसन्धानमा युवालाई उत्प्रेरित गर्नेगरी तीन दिने ज्ञान सम्मेलन सुरु गर्दैछ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोधेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दीपक खतिवडाले एन्फा नेतृत्वले ‘अर्ली इलेक्सन’का नाममा विधान विपरित काम गरिरहेको आरोप लगाउनुभएको छ ।
सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा काठमाडौँमा आयोजना गरिएको मिथिला चित्रकला तालिम सम्पन्न भएको छ ।
त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभागले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यापन क्युएए प्राप्त गरेको छ ।
पोखरा रङ्गशालामा सोमबार भएको खेलमा बङ्गलादेशले भारतलाई २–० गोलले हरायो ।
सल्यानको शारदा नगरपालिका–२, खलङ्गास्थित सिँचाइ कार्यालयनजिक खलङ्गा–श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
सातदोबाटो युथ क्लब र चित्लाङ फुटबल क्लबले एन्फा राष्ट्रिय लिगमा गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।
इरानले सोमबार मुलुकमा रहेका युरोपेली सङ्घ (इयू) का सबै राजदूतलाई बोलाएर अर्धसैनिक रिभोलुसनरी गार्डलाई आतङ्कवादी समूहको सूचीमा राखिएको भन्दै विरोध जनाएको छ ।
सुकुम्वासी र भूमिहीनको समस्या नेकपा (एमाले) ले गर्ने महासचिव शङ्कर पोखरेलले बताउनुभएको छ । दाङ निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोखरेलले आफू त्यसकालागि लाग्ने प्रतिवद्धता जनाउनुभएको हो ।
इजिप्टसँग जोडिएको गाजाको एकमात्र प्रमुख नाका ‘रफाह’ सीमित आवागमनका साथ सोमबारदेखि पुनः सञ्चालन हुने तयारीमा रहेको छ ।
महोत्तरीको जलेश्वरस्थित भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीहरूको मिलेमतोमा सरकारी सार्वजनिक जग्गा (पोखरी) व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।