त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर नफर्किएका शिक्षक तथा कर्मचारीलाई फर्कन आह्वान गरेको छ । विश्वविद्यालयले शुक्रबार सूचना जारी गरेर त्यस्ता व्यक्तिलाई विश्वविद्यालय फर्कन ३५ दिने सूचना जारी गरेको छ ।
काठमाडौँ उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो । फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ सहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौँ, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरपालिका कार्यकारी अधिकृत सरोज गुरागाईंसहितको टोली लिएर आइतबार बिहान बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा जानुभएको थियो ।
सीमा अतिक्रमण भएका तथा अन्य निकायले हडपेको जग्गा फिर्ता ल्याउने विषयमा त्रिभुवन विश्वविद्यालयले आन्तरिक तयारी सुरु गरेको छ । विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ सार्वजनिक भएसँगै विश्वविद्यालयले तयारी थालेको हो । मन्त्रीपरिषद्को निर्णयबमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत असोज २६ गते प्रतिवेदन सार्वजनिक गरेको थियो ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको चुमखोलामा सुक्खा पहिरो खस्दा राजमार्ग अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ चुमखोलामा माथिबाट झरेको सुक्खा पहिरोले गर्दा राति ९ बजेदेखि राजमार्ग अबरुद्ध भएको चितवन प्रहरी प्रमुख गोबिन्द पुरीले जानकारी दिनुभयो ।
मैथिली विकास कोष जनकपुरधामले मधेश प्रदेशको राजधानी जनकपुरधामको जानकी मन्दिरको प्राङ्गनमा आइतबार साँझ सामा चकेवा महोत्सव २०८२ को आयोजना गरेको छ ।
गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ।
विश्वभरि छरिएर रहेका नेपाली भाषा र साहित्यको क्षेत्रमा साधनरत साहित्यकार, लेखक तथा श्रष्टाहरुले नेपाली भाषा र साहित्यको उत्थानका लागि हातेमालो गरेर काम गर्न आग्रह गरेका छन् ।
अनलाइन सञ्चारमाध्यमको दर्ता तथा सञ्चालनका लागि अब विभिन्न निकाय धाउनु नपर्ने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८२–८३ सुरु भएयता हालसम्म छ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । कारबाहीबाट ४९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँगको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दलले एकताको सहमति गरेका छन् ।
सर्वोच्च अदालतले अन्तरिम सरकारले राजदूतहरू फिर्ता बोलाउन गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज राजदूत फिर्ता बोलाउनेसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।
मिक्चल दासको एक मात्र निर्णायक गोलको मद्दतमा पथरी–११ फुटबल क्लब डिपेन्डिङ च्याम्पियन व्रिगेड ब्वाइज क्लब ललितपुरलाई हराउँदै पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
करिब ३ हजार बालबालिकाको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको बाँकेमा औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।