पर्यटकिय क्षेत्रका रुपमा भौतिक संरचना निर्माण गरी अलपत्र अवस्थामा रहेको प्राकृतिक डाडो कस्या टाकुरो क्षेत्रमा नागरिक स्तरबाट सरसफाई गरिएको छ ।
कथाकार दिलीप शाहको लघुकथासङ्ग्रह ‘डाइपर भिसा’ बजारमा आएको छ । अभाव, पीडा, बेथिति, भ्रष्टाचार जस्ता विषयलाई सहज रूपमा चोटिलो पारामा सङ्ग्रहभित्र प्रस्तुत गरिएको छ । यसै गरी माया, प्रेम अभाव, पीडा, गरिबी, विदेशमोह, सन्तानप्रेम र यसका राम्रा र नराम्रा पक्षलाई पुस्तकभित्र समान रूपमा चित्रण गरिएको छ ।
कथाकार माधव सयपत्रीको कथासङ्ग्रह ‘माला’ आइतबारदेखि बजारमा आएको छ । पुस्तकमा २२ वटा कथा समावेश छन् । कथासङ्ग्रहमा सयपत्रीले प्रेम र मानवीय संवेदनालाई समेट्नुभएको छ । मानिसका ढोङ र आडम्बरका मुखौटा च्यात्दै विद्रोहसमेत बोलेका छन् । सरल र सरस शैलीमा लेखिएका सयपत्रीका कथालाई समकालीन नेपाली साहित्यका प्रतिनिधि मान्न सकिन्छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र हिमालयन ट्याटु समिटले आयोजना गरेको ‘यात्रा ट्याटु प्रदर्शनी कला कार्यशाला’ आइतबार सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपालमा पनि ट्याटु कलाको पुरानो इतिहास रहेको बताउँदै यस्ता कार्यलाई आगामी दिनमा अझ व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
गुल्मीमा तीन वर्षमा एघार सयभन्दा बढिको सम्बन्ध विच्छेद भएको छ । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमा तीन वर्षमा एघार सय ३६ जनाले सम्वन्ध विच्छेद भएको पाइएको छ ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७३ पैसा र बिक्रीदर १४२ रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ ।
नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आव २०८२/८३ को साउन, भदौ र असोजमा दुई लाख १० हजार ५१६ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । गत आव २०८१/८२ को सोही अवधिमा एक लाख ७० हजार ६०३ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । यस अनुसार चालु आवमा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या ३९ हजार ९१३ जनाले बढी हो ।
नेपाल एसबिआई बैङ्क लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा वेंकट वंशीधर कुन्चालाई चयन गरेको छ । बैङ्क सञ्चालक समितिको ५३६ औँ बैठकले स्टेट बैङ्क अफ इन्डियालाई प्रतिनिधित्व गर्दै आएका सञ्चालक कुन्चालाई बैङ्क सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।
बाँके र बर्दिया जिल्लाका किसानले हालसम्म ८० प्रतिशतभन्दा बढी धान बाली काटेर भित्र्याइसकेका छन् । कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्रसार अधिकृत खड्क बस्नेतले जिल्लाका आठ वटै पालिकामा किसानले ८० प्रतिशतभन्दा बढी धान बाली काटेर धान भित्र्याइसकेको बताउनुभयो । उहाँले जिल्लाका किसानले मोटो धान करिब करिब शतप्रतिशत भित्र्याइसकेको जनाउँदै मध्यम र मसिनो धान पनि ८० प्रतिशत जति भित्र्याइसकेको बताउनुभयो ।
सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ ।
मुक्तिनाथ विकास बैङ्क वाणिज्य बैङ्कमा स्तरोन्नति हुने प्रक्रियामा गएको छ । यससँगै वाणिज्य बैङ्कको सङ्ख्या २० बाट २१ पुग्ने र विकास बैङ्क भने १७ बाट १६ मा झर्ने भएको छ । मुक्तिनाथ विकास बैङ्कले १९ औँ वार्षिक साधारण सभामार्फत वाणिज्य बैङ्कमा स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरिएको छ । यस्तै साधारण सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीलाई १८.२० प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरिएको छ ।
सन् २०१४ को अक्टुबरमा नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अन्तर्राष्ट्रिय जगत्मा नेपालबारे अन्योलको सूचना प्रवाहित हुँदा गिरावट आएको पर्यटक आवागमनमा पुनः सुधार आएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतमा आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिनुभएको हो ।
नेपाल औषधी आयातकर्ता सङ्घले विदेशबाट आयातित औषधीको मूल्य नबढेको प्रस्ट पारेको छ । सञ्चार माध्यमले आयातित औषधीका विषयमा भ्रम उत्पन्न गरेको भन्दै त्यसरी जथाभाबी मूल्यवृद्धि गर्न नमिल्ने बताएको छ ।