वैदिक तथा वैज्ञानिक पक्षबाट समयको विस्तृत विवेचना गरिएको पुस्तक ‘समय सूत्र’ काठमाडौँमा आयोजित एक समारोहबिच सार्वजनिक गरिएको छ । लेखक तथा सम्पादक श्रीश भण्डारीको उक्त पुस्तक भौतिकशास्त्रका विद्वान् प्राडा उदयराज खनाल, पूर्वीय दर्शनका ज्ञाता प्राडा आमोदवर्धन कौण्डिन्यायन, वरिष्ठ चित्रकार एवं नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्याय, वरिष्ठ चिकित्सक एवं गीतकार डा. भोला रिजाल, पत्रकार टीकाराम यात्री, इटर्नल पब्लिकेसन प्रालिकी प्रबन्ध निर्देशक यमुना पराजुली अधिकारी र लेखक भण्डारीलगायत समारोहमा उपस्थित सबैले एकसाथ सार्वजनिक गर्नुभएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनाका आर्थिक सूचकले देशको आर्थिक अवस्थामा राम्रो सुधार आउँदै गरेको देखाएका छन् । नेपाल राष्ट्र बैङ्कले सोमबार प्रकाशन गरेको चालु आवको छ महिनाको आर्थिक विवरण अनुसार आन्तरिकतर्फ मूल्यवृद्धि नियन्त्रण रहेको छ । त्यस्तै बाह्य क्षेत्रतर्फ निर्यात व्यापारमा राम्रो वृद्धि देखिएको छ । त्यसै गरी विप्रेषण आयमा पनि उच्च वृद्धि हुँदा वैदेशिक विनिमय सञ्चिति पनि राम्रो रहेको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा एक खर्बभन्दा रुपियाँभन्दा बढी रकम सङ्कलन भएको छ । राष्ट्रिय कल्याणकारी कोषको समेत गर्दा कोषमा एक खर्ब ३२ अर्ब रहेको छ । कोषले सोमबार विज्ञप्तिमार्फत कोषका योजना कार्यान्वयन आएको छ वर्ष सात महिनामा अवधिमा १०१ अर्ब २८ करोड रुपियाँ सङ्कलन भएको जनाएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले मुलुकको विकास र पछाडि पारिएका जाति तथा समुदायको हक–अधिकार सुनिश्चित गर्न सङ्घीयता, पहिचान र समानुपातिक प्रतिनिधित्वलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) बाट दक्षिण कोरिया जान रोस्टरको अवधि थप्नुपर्नेलगायतका मागसहित लामो समयदेखि आन्दोलनरत युवालाई विरोधका कार्यक्रम स्थगित गरेर विकल्प खोज्न आग्रह गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय सप्तरीले कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सबै सरोकारवालालाई निर्देशन दिएको छ ।
सरकारले आन्तरिक ऋण लिन उपयोग गर्ने ऋणपत्रलाई दोस्रो बजारमा कारोबार गर्ने व्यवस्था मिलाउने भएको छ । वैकल्पिक उपकरणका माध्यमबाट पुँजी बजारमा पुँजी जुटाउने उपायस्वरूप सरकारले यस्तो रणनीति अख्तियार गरेको हो ।
दुई महिनाअघिसम्म एक लिटर सूर्यमुखी तेलको खुद्रा विक्रेता मूल्य २३५ रुपियाँ प्रतिलिटर थियो । बजारमा अहिले प्रतिलिटर मूल्य २६० देखि २६२ पुगेको छ । सूर्यमुखी मात्रै नभई तोरीको तेलको मूल्यमा समेत अहिले प्रतिलिटर ३० रुपियाँ वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ १३ पैसा र बिक्रीदर १४६ रुपियाँ ७३ पैसा तोकिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीका ७६ उम्मेदवार बन्दसूचीबाट हटेका छन् । उम्मेदवारमाथि प्राप्त उजुरी, योग्यता र अयोग्यताको प्रश्न तथा राजनीतिक दलहरूको पत्राचारका आधारमा निर्वाचन आयोगले सो निर्णय गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने विभिन्न भाषा हाम्रा सम्पत्ति भएकाले मर्न दिन नहुने बताउनुभएको छ । उहाँले मातृभाषामा शिक्षा पाउने संवैधानिक हक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनका घटनामा थप पाँच उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घनमा आयोगले यसबिचमा ३० वटा स्पष्टीकरण सोधेको छ । राजनीतिक दल, उम्मेदवार र संस्थालाई सोधिएको उक्त स्पष्टीकरणमा १३ जवाफ आयोगले प्राप्त गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको स्वतन्त्र उम्मेदवारीले म्याग्दीको चुनावी प्रतिस्पर्धा पेचिलो बनेको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले आफ्नो कार्यकालभर प्रेस स्वतन्त्रताको पूर्णरुपमा ग्यारेन्टी गर्ने बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् ।