यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।
नियमित मिर्गौलाको डायलाइसिस गराउँदै आउनुभएका यहाँका स्थानीय टेकनाथ शर्माले जिल्लाकै धौलागिरी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा पाएपछि राहत महसुस गर्नुभएको छ ।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ ।
भदौ २३ र २४ गते भएको युवाहरुको प्रदर्शनपछि आगामी निर्वाचनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्दै गएको छ । यसमध्ये ९० प्रतिशत युवाहरु रहेका छन् ।
महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडक) योजना अन्तर्गत पर्ने दार्चुला जिल्लामा ३० किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । यहाँको कालोपत्रे गरिने सडकखण्डलाई तीन प्याकेजमा विभाजन गरेर कालोपत्रे गर्नुपूर्व गरिने काम सुरु गरिएको हो ।
दार्चुला सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाले स्थापना भएको नौ वर्ष बितिसक्दासमेत आफ्नै भवन निर्माण गर्न सकेको छैन । यहाँका दुई नगरपालिका र सात गाउँपालिका गरेर नौ वटा स्थानीय तहमध्ये सदरमुकामको नगरपालिकाले मात्रै आफ्नो भवन निर्माण गर्न नसकेको हो ।
केही दिनअघि वीरेन्द्रनगर नगर कार्यपालिकाले नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक व्यवस्थापन, सरुवा, दरबन्दी मिलान तथा व्यवस्थापन र विद्यालय समायोजन गर्न कात्तिक १२ गते बुधबार गरेको निर्णयविरुद्ध नगरपालिकामा तालाबन्दी गरिएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् ।
यहाँको भेरी नगरपालिका–११, महतारागाउँका १६ वर्षीय गगनबहादुर महतारा जन्मजात पूर्ण अपाङ्गता हुनुहुन्छ । नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा उहाँ सरकारी सेवासुविधाबाट वञ्चित हुनुभएको छ ।
पूर्वी नवलपरासीको नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति प्राप्त भएको छ । अनुमति पाएसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन समितिलाई आर्थिक वर्ष २०८२/८३ का लागि जिप सफारी सञ्चालन गर्न अनुमति दिएको निकुञ्जका सूचना अधिकारी आशिष थापामगरले बताउनुभयो ।
तिलिचो आधार शिविरमा फसेका ११ जना नेपाली पर्यटक चामे आइपुगेका छन् । उनीहरूलाई सशस्त्र प्रहरी बलको हिमाल उद्धार टोलीले शनिबार उद्धार गरेको थियो । उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो आधार शिविरमा फसेका ११ जना पर्यटकलाई सशस्त्र प्रहरी बल, स्थानीय तथा जनप्रतिनिधिको पहलमा उद्धार गरी खाङ्सार ल्याइएको हो । खाङ्सारबाट गाडीको व्यवस्था गरी सदरमुकाम चामे पठाइएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले बताउनुभयो ।
बुटवलदेखि कपिलवस्तुको गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नति गर्न सम्झौता भएको एक वर्ष पूरा भएको छ । गत वर्षको कात्तिक ४ गते सडक स्तरोन्नतिका लागि सम्झौता भएको थियो भने माघ १० गते सडकको शिलान्यास गरिएको थियो । बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलले सडक स्तरोन्नतिको सम्झौता भएको एक वर्ष ११ दिनमा १५ प्रतिशत स्तरोन्नतिको काम सम्पन्न भएको र १२ प्रतिशत वित्तीय प्रगति भएको जनाएको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख अम्बेया खातुनले नेपाल सरकारको नियम कानुन मिचेर भुक्तानी हुनु नपर्ने अडान लिनुभएको छ ।
दसैँ, तिहार र छठ जस्ता महत्वपूर्ण चाडपर्व मनाउन स्वदेश आएका पश्चिम नेपालका पहाडी जिल्लाका नेपाली युवाहरू रोजगारीका लागि फेरि भारत फर्किन थालेका छन् । चाडपर्व सकिएपछि कतिपय खेतीबाली नभित्र्याएरै रोजगारीका लागि भारत फर्किन थालेका छन् । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका सयौँ युवा अहिले फेरि दैनिक जसो रोजगारीका लागि भारततर्फ जाने गरेको यहाँस्थित नेपाल–भारत नाकामा रहेको जमुनाह प्रहरीले जनाएको छ ।
बर्दियाको राजापुर नगरपालिकाको घुम्ना गाउँका कृषक हात्तीले धान खान थालेपछि रातभर जाग्राम बस्न बाध्य भएका छन् । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने घुम्ना गाउँमा भारतको कर्तनिया वन्यजन्तु आरक्षबाट आउने जङ्गली हात्तीले कृषकले लगाएको धानबाली खाइदिन थालेपछि अहिले कृषकहरू रातभरि खेतमा बस्न बाध्य भएका हुन् ।