निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
दक्षिणी भारतको तेलङ्गाना राज्यमा सोमबार बिहान भएको एक भीषण सडक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको र करिब दुई दर्जन व्यक्ति घाइते भएको पुष्टि भएको छ । कङ्क्रिट ढुङ्गा बोकेको ट्रक यात्रुबसमा ठोक्किँदा यो दुःखद घटना भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
उत्तरी अफगानिस्तानमा आएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
झापा महिला गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । ‘मान्था’ चक्रवत्को कारण दुई दिनपछि सरेको सर्वाधिक राशिको प्रतियोगिता आजदेखि हुने भएको हो ।
रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्नेभएको छ । चिनियाँ अधिकारीहरूका अनुसार निर्माणाधीन अवस्थामा रहेको मितेरी पुलको निर्माण एक महिनाभित्र सम्पन्न हुनेछ ।
कात्तिक शुक्ल पूर्णिमा तिथि, पौराणिक कथानाुसार शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिन ।
तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–११ का ३८ वर्षीय पुरुषमा मलेरियाको सङ्क्रमण पुष्टि भएको हो ।
जिल्ला सदरमुकाम बागबजारको पश्चिमतर्फ १४ किलोमिटरको मात्रै दूरीमा अवस्थित भागेश्वर गाउँपालिकाको अस्थाई मुकाम वडा ४ बगरकोटमा स्वास्थ्य चौकीको आधुनिक भवन निर्माण गरिएको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गरी ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन गरी पार्टी कार्यालयमा दर्ता गराएको समूहले पार्टी नेता डा शेखर कोइरालासँग छलफल गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले वर्षाका कारण पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध तथा दुई राजमार्ग एकतर्फी सञ्चालनमा आएका जानकारी दिनुभयो ।
धनकुटाको पाख्रीबास नगरपालिका–७, स्थित रहेको राम्चेडाँडा पर्यटकको रोजाइमा पर्न थालेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान सक्रिय रूपमा आणविक हतियार परीक्षण गर्ने राष्ट्रहरूको सूचीमा परिरहेको खुलासा गर्नुभएको छ ।
यही कात्तिक १०, ११ र १२ गते परेको बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार हाल जिल्लामा उत्पादन हुनेमध्ये ११ प्रतिशत काटिसकेको धान पानीमा भिजेको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा परिवारका सदस्यले आफ्नो स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् ।