आउँदो फागुन २१ गतेको निर्वाचनको सरगर्मी नवलपुरमा पनि बढ्दै छ । यहाँका दलहरू निर्वाचनलक्षित घरदैलो अभियानदेखि बैठक तथा भेलामा जुटेका छन् । जिल्लाको कावासोती–१५, शेरगन्जमा रहेको माझी, मुसहर समुदायलाई भने निर्वाचनप्रति कुनै चासो छैन । नारायणी नदीमा माछा मारेर अनि दैनिक ज्यालामजदुरी गरेर यहाँका समुदायले जीवन निर्वाह गर्दै आइरहेका छन् । यसअघिका निर्वाचनमा भोट खसालेर विजयी बनेकाले आफूहरूको समस्या समाधान नगरेको यस समुदायको गुनासो छ । मध्यवर्ती क्षेत्रमा पर्ने शेरगन्जमा यो समुदायको १०६ वटा घरमा करिब छ सय हाराहारी जनसङ्ख्या बसोबास गर्दै आएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुरबाट जेनजी उमेर समूहका चार जना उम्मेदवार चुनावी मैदानमा होमिनुभएको छ । फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि जेनजी समूहबाट दुई स्वतन्त्र तथा दुई जना पार्टीबाट उम्मेदवार बनेका छन् ।
गुल्मीमा एक हजार ६९५ जना निर्वाचन प्रहरी मातहतका क्षेत्रमा खटिएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारूका अनुसार ती निर्वाचन प्रहरीलाई कार्यक्षेत्रको इलाकामा पठाइएको छ । इलाका प्रहरी कार्यालय रिडी, पुर्कोट र जिल्ला प्रहरी कार्यालयको मातहतमा रहने गरी शनि
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मत माग्ने उम्मेदवार गाउँघरतिर भेटिन थालेका छन् । स्थानीय आवश्यकता र विकासका मूल एजेन्डा बोकेर मतदाताको घरदैलोमा उम्मेदवार व्यस्त भएको देखिएका छन् ।
प्रकृतिको मृगौलाको रूपमा लिइने सिमसार क्षेत्र नासिँदै गएको बेला पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सिमसार क्षेत्र संरक्षणलाई प्राथमिकतामा राखेको छ ।
विभिन्न दलका उम्मेदवारले हुम्ला नाम्खा गाउँपालिकामा आआफ्नो चुनावी प्रचारप्रसार कार्यक्रमलाई स्थगित गरेका छन् । सिमकोट गाउँपालिका–७ को लाग्नामा बाक्लो हिमपात जमेर यातायात सेवा सुचारु भएका कारण चुनावी प्रचार स्थगित गरिएको छ ।
हरेक जसो निर्वाचनमा मतदान केन्द्रका रूपमा विद्यालयलाई प्रयोग गर्ने गरिन्छ । जसका कारण विद्यार्थीको नियमित पढाइ प्रभावित हुने गरेको गुनासो भइरहेको छ । सबै तहको निर्वाचनमा मतदान केन्द्र विद्यालयमा तोकिँदा वार्षिक पढाइ तालिका प्रभावित हुने गरेको सुर्खेतस्थित जन नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विद्यालयको विकल्प खो
हिमाली जिल्ला हुम्लाका स्वास्थ्य चौकीमा अस्थायी परिवार नियोजनका साधन अभाव भएको छ । स्वास्थ्य संस्थाम ती साधन नपाइने भएपछि विशेष गरी सेवाग्राही महिला खाली हात फिर्ता हुनुपर्ने अवस्था आएको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा तोकिएको आचारसंहिता पालना गर्न यहाँका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । जिल्ला निर्वाचन सुरक्षा समितिले महेन्द्रनगरमा आयोजना गरेको आचारसंहिता पालनासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सहभागी दलका प्रतिनिधि तथा उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि बाजुराका आठ जनामा चार जनाबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसका जनकराज गिरी, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका प्रकाशबहादुर शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा, राप्रपाका केशरबहादुर शाही, नेकपा (माओवादी केन्द्र) का भूपेन्द्र सी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का दीपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही यतिबेला बाजुराको चुनावी मैदानमा हुनुहुन्छ ।
शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिकाधाममा पर्यटन विभागको रु दुई करोड ४३ लाख ६२ हजार ६४९ को लागतमा निर्माणाधीन आधुनिक भजन हलको काम अन्तिम चरणमा पुगेको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै छ । निर्वाचन आर्थिक रूपले बढी खर्चिलो हुँदै गएका टिप्पणी पनि जनमानसमा भइरहेको छ । निर्वाचन आर्थिक रूपले मितव्ययी नहुँदा सुशासनमै प्रश्न उठ्ने गरेको छ । विगत र वर्तमानका निर्वाचन अभ्यासको सामाजिक, आर्थिक तथा राजनीतिक परिवेशका आधारमा केन्द्रित रहेर पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसँग गोरखापत्रका लागि नारदमुनि गौतम र चाँदनी हमालले गर्नुभएको कुराकानीको अंश :
पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेसँगै उम्मेदवारहरूले मतदाता रिझाउन नयाँ र प्रविधिमैत्री शैली अपनाउन थाल्नुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा