सोमबार बेलुका झापाको गौरादहमा बेहुली लिएर फर्कँदै गरेको जन्ती बोकेको ट्याक्टर अनियन्त्रित भई पुलबाट खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना जन्ती घाइते भएका छन् ।
अमेरिकी कंग्रेसले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयकमाथि मङ्गलबार मतदान गर्ने तयारी गरेको छ । सोमबार राति हाउस रुल्स कमिटीले सिनेटबाट पारित खर्च प्याकेजलाई पूर्ण सदनमा पेश गर्ने निर्णय गरेपछि मतदानको बाटो खुलेको हो ।
सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, दार्चुला र बझाङ जिल्ला निर्वाचन सुरक्षाका दृष्टिमा संवेदनशील देखिएपछि प्रहरीले सोही बमोजिमको सुरक्षा व्यवस्थापन गर्न लागेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको अमेरिका-भारत व्यापार सम्झौतालाई भारतले खुसीका साथ स्वागत गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले अब निर्वाचन सर्ने सम्भावना अन्त्य भएको बताउनुभएको छ । सरकारको पूरा ध्यान फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेतर्फ रहेको र सोही अनुसार तयारी भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
इरानका मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग ‘निष्पक्ष र न्यायसङ्गत वार्ता’ गर्न चाहेको स्पष्ट सङ्केत दिनु भएको छ ।
कास्की क्षेत्र नम्बर २ को भूगोल बेला बेलामा फेरबदल भइरह्यो। जिल्लालाई कहिले तीन क्षेत्र त कहिले चार क्षेत्रमा विभाजन गरियो। सङ्घीयतापछि तीन क्षेत्र बनेको कास्की क्षेत्र नम्बर २ मा तीन चुनाव भइसकेका छन्। ती सबै निर्वाचनमा यहाँ (एमाले)का उम्मेदवार विजयी भएका छन्।
बाँके जिल्लामा माघ २५ गतेदेखि सञ्चालन गरिने पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप अभियान अन्तर्गत यस वर्ष आठ हजार ५८४ जना किशोरीलाई एचपिभी खोप लगाइने छ ।
सिन्धुली जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्न दुई हजारभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा यस पटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कुल ९० हजार ३ सय २७ मतदाता सङ्ख्या रहेको ताप्लेजुङमा बिभिन्न दलका गरी १३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूलाई आफ्नो अनुभव र सिकाइ नयाँ पुस्तामा बाँड्दै भावी पुस्ताका लागि मार्गदर्शक बन्न आग्रह गर्नुभएको छ ।
भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६ बाट काठमाडौँ जान लागेकी हुम्लाको जिल्ला खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढा लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेकी छन् ।
चीनको सिचाङ स्वायत्त क्षेत्रको प्रादेशिक संसद्को अधिवेशनमा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला विशेष अतिथिका रूपमा सहभागी हुनुभएको छ ।
जुम्लामा मतदानस्थल अनुगमन तीव्र पारिएको छ । जिल्ला निर्वाचन तथा सुरक्षा समितिको टोलीले जुम्लाका मतदानस्थल अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
क्वोंने (घोण्डे–घोताने) गुरुङ समाज युकेले मुस्ताङको पवित्र धार्मिकस्थल कागबेनीमा बौद्ध गुम्बा निर्माण गरेको छ । करिब ६३ लाख रुपियाँमा निर्माण गरिएको गुम्बाले धार्मिक पर्यटक बढाउने विश्वास समाजले गरेको छ ।