आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा जितका लागि यूएईले नेपाललाई एक सय ४६ रनको लक्ष्य दिएको छ ।
प्राकृतिक दृष्टिले मनोरम र पृथक खालका गाउँहरु पछिल्लो समय पर्यटन प्रवर्धन गर्न अनेक खालका गतिविधिमा सक्रिय छन्। विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने कास्कीको पर्यटकीय गाउँ घान्द्रुक राष्ट्रिय, अन्तर्राष्ट्रिय पाहुना बोलाउँदै प्रचारप्रसार गर्न महोत्सवको तयारीमा छ।
काठमाडौँ, माघ २० गते । पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रभावकारी मानिने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान देशभर सञ्चालन हुने भएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत माघ २५ गतेदेखि फागुन १५ गतेसम्म यो खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ।कार्यक्रमअनुसार कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई एचपिभी खोप दिइनेछ । यस्तै, गत वर्षको एचपिभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यो खोप दिइने व्यवस्था गरिएको छ। खोप स्थानीय पालिकाअनुसार फरकफरक हुने भएकाले नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझेर खोप लगाउन केन्द्रको आग्रह छ ।एचपिभी खोप सुरक्षित, प्रभावकारी र निःशुल्क भएकाले ढुक्कसँग लगाउन केन्द्रले आग्रह गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा बिहीबारदेखि धुलिखेलमा सुरु हुने तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-१ मा आफ्नो पार्टीका उम्मेदवार मङ्गलाल श्रेष्ठको जित सुनिश्चित रहेको उज्यालो नेपाल पार्टीले दाबी गरेको छ।
प्रादेशिक अस्पताल सिरहाका तत्कालीन कार्यालय प्रमुखद्वय डा. नागेन्द्रप्रसाद यादव र डा. सरोज यादवविरुद्ध ३८ लाख ७७ हजार ७२४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
बाह्रौँ एसियाली इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मङ्गलबार चीनको तियाङजेन प्रस्थान गरेको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल बैठक सम्पन्न गरेको छ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले जनताको विश्वासको घर भएकाले कसैले किनारा लगाउन नसक्ने बताउनुभएको छ ।
चेन्नईस्थित एमए चिदाबरम मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोज्नुभएको छ । टस हारेको युएईले पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबिच आज यहाँ शिष्टाचार भेटघाट भएको छ । जापानको चार दिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र सम्राट नारुहितोबीच इम्पेरियल प्यालेस, टोकियोमा शिष्टाचार भेटवार्ता भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा उच्च पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा जावलाखेलले नव जनजागृतिलाई ४–० गोलले हरायो ।
प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुने बताउनुभएको छ ।
देउराली जनता फर्मास्युटिकल्स प्रालिले चितवनको भरतपुरमा कारखाना निर्माण गर्ने घोषणा गरेको छ ।