कैलालीको भजनी नगरपालिकामा शिक्षा, स्वास्थ्य र पोषणको अवस्था नाजुक देखिएको छ । नगरपालिकाको तथ्याङ्क हेर्दा यस्तो देखिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा रहेका नेपालीहरूले नेपालको अर्थतन्त्र र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभएको छ । जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त धारणा व्यक्त गर्नुभएको हो ।
सर्लाहीको गोडैता नगरपालिका –१२, रोहुवामा मङ्गलबार एक पुरुष मृत अवस्थामा फेला पर्नुभएको छ ।
आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपालले यूएईमाथि सात विकेटको जित निकालेको छ ।
फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन भएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन्।
आउँदो शुक्रबारदेखि सिदिङ्वा गाउँपालिकामा सञ्चालन हुने जिल्लस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तीब्र पारिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले जापानका प्रधानमन्त्री तकाइची सनायसँग शिष्टाचार भेट गर्नुभएको छ । भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिको सम्बन्ध अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताउनु भएको छ ।
आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा जितका लागि यूएईले नेपाललाई एक सय ४६ रनको लक्ष्य दिएको छ ।
प्राकृतिक दृष्टिले मनोरम र पृथक खालका गाउँहरु पछिल्लो समय पर्यटन प्रवर्धन गर्न अनेक खालका गतिविधिमा सक्रिय छन्। विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने कास्कीको पर्यटकीय गाउँ घान्द्रुक राष्ट्रिय, अन्तर्राष्ट्रिय पाहुना बोलाउँदै प्रचारप्रसार गर्न महोत्सवको तयारीमा छ।
काठमाडौँ, माघ २० गते । पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रभावकारी मानिने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान देशभर सञ्चालन हुने भएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत माघ २५ गतेदेखि फागुन १५ गतेसम्म यो खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ।कार्यक्रमअनुसार कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई एचपिभी खोप दिइनेछ । यस्तै, गत वर्षको एचपिभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यो खोप दिइने व्यवस्था गरिएको छ। खोप स्थानीय पालिकाअनुसार फरकफरक हुने भएकाले नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझेर खोप लगाउन केन्द्रको आग्रह छ ।एचपिभी खोप सुरक्षित, प्रभावकारी र निःशुल्क भएकाले ढुक्कसँग लगाउन केन्द्रले आग्रह गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा बिहीबारदेखि धुलिखेलमा सुरु हुने तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-१ मा आफ्नो पार्टीका उम्मेदवार मङ्गलाल श्रेष्ठको जित सुनिश्चित रहेको उज्यालो नेपाल पार्टीले दाबी गरेको छ।
प्रादेशिक अस्पताल सिरहाका तत्कालीन कार्यालय प्रमुखद्वय डा. नागेन्द्रप्रसाद यादव र डा. सरोज यादवविरुद्ध ३८ लाख ७७ हजार ७२४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
बाह्रौँ एसियाली इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मङ्गलबार चीनको तियाङजेन प्रस्थान गरेको छ ।