बर्सौंदेखि सुक्खामा धुलो र बर्सातमा हिलो सहन बाध्य पश्चिमी कोशी नहर क्षेत्रका बासिन्दा अब त्यस्तो समस्याबाट मुक्त हुने भएका छन् । बर्साैंदेखि जीर्ण रहेको कोशी पश्चिमी नहरको बाटो मर्मतसम्भार
आठ किलोमिटर बाटो नछिचोलिँदा नवलपुरको विनयीत्रिवेणी गाउँपालिकाका बासिन्दा आफ्नै पालिका, जिल्ला सदरमुकाम जानका लागि अर्कै जिल्ला र अर्कै प्रदेश भएर जानुपर्ने बाध्यता छ । हुलाकी राजमार्ग अन्तर्गत त्रिवेणी–दुम्किबास सडकको आठ किमी सडक बन्ने हो भने ६० किमीको सडक यात्रा २० किमीमा छोटिन्थ्यो तर लामो समयसम्म यो सडक बन्न सकेको छैन ।
आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बर्दिया जिल्लामा रहेका संवेदनशील मतदान केन्द्रको अनुगमन सुरु गरिएको छ । शान्तिसुरक्षा र निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने उद्देश्यका साथ प्रशासनले संयुक्त रूपमा अनुगमन थालेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा रौतहटमा उम्मेदवार मतदाताको घरदैलोमा पुग्न थालेका छन् । निर्वाचन परिणामलाई
निर्वाचन नजिकिँदै जाँदा गाउँ गाउँमा उम्मेदवारको चहलपहल बढ्दै गएको छ । विशेष गरी थारू समुदायको बाहुल्य भएका ग्रामीण क्षेत्रमा उम्मेदवारको ध्यान परम्परागत नेतृत्व मानिने महटाँवा, बरघरतर्फ केन्द्रित देखिन्छ । थारू समुदायमा महटाँवा, बरघर र भलमनसालाई सामाजिक, सांस्कृतिक तथा परम्परागत नेतृत्वका रूपमा मानिने गरिन्छ । जसको निर्णय र सुझावले गाउँको सामूहिक मत प्रभावित गर्ने गर्छ ।
स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र भैरहवाको सहयोगमा फलेवास नगरपालिकामा तोरी र गहुँको बीउ उत्पादन प्रारम्भ भएको छ ।
यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरी केहीबेरअघि टोकियोबाट स्वदेशका निम्ति प्रस्थान गर्नुभएको छ ।
विगतका निर्वाचनमा जस्तै यस वर्ष पनि भूमिसम्बन्धी समस्या समाधान गर्ने विषय सबै उम्मेदवारको चुनावी एजेन्डा बनेको छ तर दल र तिनका उम्मेदवारले विगतमा आफूसमक्ष गरेका वाचा र प्र
प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा यस पटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कुल ९० हजार ३ सय २७ मतदाता सङ्ख्या रहेको ताप्लेजुङमा बिभिन्न दलका गरी १३ जना उम्मेदवार चुनावी मैदानमा छन्।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन दैलेख निर्वाचन क्षेत्र नं. २ मा चार राजनीतिक धारबिचको रोचक र कडा प्रतिस्पर्धा हुने देखिएको छ । विगतका निर्वाचनको परिणाम, दलको रणनीति र उम्मेदवारको राजनीतिक पृष्ठभूमिले यस क्षेत्रलाई चासोको केन्द्र बनाएको छ ।
नेकपा (एमाले) का प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्तिलाल महत चुनाव प्रचारका लागि सिँजा क्षेत्रमा पुग्नुभएको छ । उहाँले सिँजा क्षेत्र अन्तर्गतका तिला, हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा पालिकास्तरीय भेलामार्फत चुनाव प्रचार गरिरहनुभएको छ । चुनाव प्रचारका क्रममा उम्मेदवार महतले सिँजा क्षेत्रका लागि व्यवस्थित अस्पताल स्थापना गर्ने प्रमुख चुनावी मुद्दा अघि सार्नुभएको छ ।
यस पटकको निर्वाचनमा पर्यवेक्षकलाई पनि निगरानी गर्न राजनीतिक दलले सुझाव दिएका छन् । ज्येष्ठ नागरिक तथा अशक्तलाई सहयोग गर्ने नाममा कार्यकर्ता ओसार्ने गरिएको हुँदा यस पटकको निर्वाचनमा पर्यवेक्षकलाई पनि निगरानी गर्नुपर्ने जनाइएको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा तोकिएको छ ।