मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने कार्य वर्तमान सरकारको प्रमुख प्राथमिकतामा रहेको छ । भ्रष्टाचार नियन्त्रण नभई सुशासन कायम हुन नसक्ने भएकाले सरकारले यस कार्यलाई प्राथमिकतामा राखेको हो ।
‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत तटीय मुलुकहरूमा सुनामी सचेतना दिवस मनाइँदै छ ।
गुरु नानकको जन्म सन् १४६९ को कात्तिक पूर्णिमाका दिन भारत वर्षको तालबन्डी भन्ने स्थानमा भएको हो । हाल यो स्थानमा भव्य गुरुद्वारा बनेको छ । यस गुरुद्वारालाई नानकना साहेब भनिन्छ । यो स्थान पाकिस्तानको पन्जाब प्रान्तमा भारत–पाकिस्तान सीमानजिकै पर्छ । भारतबाट लाखाैँ सिख धर्मावलम्बी हरेक वर्ष यस पवित्र स्थलमा दर्शनका लागि पुग्ने गर्छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार स्थानीय ७० वर्षीय खिमबहादुर गुरुङ र ५८ वर्षीय खुसीमान गुरुङबीच आइतबार साँझ झैझगडा भएको थियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
१. संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको दिगो विकास लक्ष्यका १७ युवा नेता (सन् २०२५ का लागि) मा पर्न सफल नेपाली अभियन्ता को हुन् ? ऐश्वर्या श्रेष्ठ
सार्वजनिक सेवा प्रवाह १. सार्वजनिक सेवा प्रवाहमा ‘अटोमेसन’ भनेको के हो ? नेपालमा सार्वजनिक सेवा प्रवाहलाई स्वचालित बनाउँदै सार्वजनिक सेवा वितरणमा कार्यकुशलता र प्रभावकारिता हासिल गर्न के कस्ता अवरोध देख्नुहुन्छ ? त्यस्ता समस्या समाधान गरी स्वचालित प्रणाली स्थापित गर्न के कस्ता उपाय अवलम्बन गर्नु पर्ला ? आफ्नो विचार व्यक्त गर्नुहोस् ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५६ पैसा र बिक्रीदर १४२ रुपियाँ १६ पैसा निर्धारण गरिएको छ ।
नेपालका गितारवादक समीप न्यौपानेले टर्कीमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा प्रस्तुति दिनुभएको छ । ‘गोल्डेन किड्स इन्टरनेसनल’ मार्फत सहभागी हुनुभएका न्यौपानेले नेपालीपन झल्किने धुन प्रस्तुत गर्नुभएको हो । आयोजक, निर्णायक र दर्शक सबैले उहाँको गितार वादनको प्रशंसा गरेका छन् ।
नेपाल, भारत, बङ्गलादेश र मौरिससका एक सयभन्दा बढी कलाकारको अन्तर्राष्ट्रिय सामूहिक कला प्रदर्शनी सुरु भएको छ । आकार डेकोरले विभिन्न सङ्घ संस्थासँग सहकार्य गरी आयोजना गरेको सो अन्तर्राष्ट्रिय सामूहिक चित्रकला र मूर्तिकला प्रदर्शनीको मङ्गलबार राजधानीमा उद्घाटन गरिएको हो ।
बुधवार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ ।
लिम्बू समुदायको सबभन्दा ठुलो सांस्कृतिक पर्व चासोक तङ्नाम (न्वागी पर्व) मोरङको उर्लाबारीमा पाँच दिनसम्म मनाइने भएको छ । चन्द्रमासको पात्रो अनुसार हरेक वर्ष धान्य पूर्णिमाका दिन लिम्बू समुदायले प्रकृतिप्रति कृतज्ञता प्रकट गर्दै यो पर्व मनाउँदै आएको छ । किराँत याक्थुङ चुम्लुङ, उर्लाबारीका अध्यक्ष बानु सुब्बाले यस वर्ष चासोक पर्वको अवसरमा मङ्सिर १८ देखि २२ गतेसम्म उर्लाबारी–९ स्थित आम्बारीमा पाँच दिने बृहत् सांस्कृतिक महोत्सव र जातीय प्रदर्शन आयोजना गरिने जानकारी दिनुभयो ।
मोन्था चक्रवातका कारण यही कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाले कोशी प्रदेशमा धान र तरकारी बालीमा मात्र दुई अर्ब पाँच करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । प्रदेश कृषि विकास निर्देशनालय, विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार धान र तरकारी बालीमा यति ठुलो नोक्सानी भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले बेलायती निजी क्षेत्रलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । नेपालका लागि बेलायतका राजदूत रोब फेनले मन्त्री सिन्हासँग गरेको भेटवार्तामा उहाँले नेपालमा भएको राजनीतिक स्थायित्व र नीति सुधारले लगानीको वातावरण सुधारिएको त्यस्तो आग्रह गर्नुभएको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले संस्थागत आर्थिक अपराधविरुद्ध सहकार्य गर्ने भएका छन् । सहकार्यका लागि मङ्गलबार आइक्यानका अध्यक्ष सिए नीलबहादुर सारूमगर र सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।