म्याग्दीको सदरमुकाम बेनीबाट भारतको राजधानी नयाँ दिल्लीसम्म पहिलोपटक सिधा बस सेवा सञ्चालनमा आएको छ ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।
विश्वकै अग्लो स्थानमा रहेको भगवान विष्णुको मन्दिर मुक्तिनाथ धामको दर्शन गर्नका लागि भारतको नयाँदिल्लीबाट अब ३० घण्टामै पुगिने भएको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधबार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ।
धनकुटाको महालक्ष्मी नगरपालिका-२ मा रहेको श्री शारदा माध्यमिक विद्यालयमा १२ लाख बराबरको अक्षयकोष स्थापना भएको छ ।
बागलुङको तारा खोला गाउँपालिकामा आगामी शैक्षिक सत्रदेखि केही सामुदायिक विद्यालयहरूमा मगर भाषामा पढाइ सुरु गरिने भएको छ ।
बैतडीमा एक निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा दल तथा तिनका उम्मेदवारहरू आन्तरिक प्रचार प्रसारमा जुटेका छन् ।
विभिन्न राजनीतिक दलका नेताले दलित समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्तिलाई प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाएर समाजको नेतृत्वकर्ताका रूपमा स्थापित गर्नुपर्ने सुझाव दिनुभएको छ । राष्ट्रिय दलित आयोगद्वारा आयोजित ‘दलहरूको चुनावी घोषणापत्रमा समावेश गरिनुपर्ने दलित समुदायका सवाल’ संवाद कार्यक्रममा नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले मिश्रित निर्वाचन प्रणालीले प्रतिनिधित्व बढाए पनि दलितलाई प्रत्यक्ष निर्वाचनमै उम्मेदवार बनाएर जिताउनुपर्ने बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनको स्वतन्त्र उम्मेदवारीले म्याग्दीको चुनावी प्रतिस्पर्धा पेचिलो बनेको छ । साङ्गठनिक रूपमा बलिया नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा जस्ता ठुला दललाई चुनौती दिँदै पुनको उम्मेदवारीले परम्परागत भोट बैङ्क भत्किन सक्ने आकलन गरिएको छ । यस पटकको निर्वाचनमा चार मुख्य उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काभ्रेपलाञ्चोक जिल्लामा चुनावी सरगर्मी बढेको छ । फागुन २१ गते हुने निर्वाचनमा काभ्रेपलाञ्चोक–१ मा विशेष गरी चार राजनीतिक दलका उम्मेदवारबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
दक्षिण एसियाली खेलकुद महासङ्घ (साफ) यु १९ महिला फुटबलमा नेपालले आज बुधबार बङ्गालादेशसँग खेल्दैछ । पोखरा रङ्गशालामा पहिलो पटक भएको फुटबलमा नेपाल र बङ्गगालादेशको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
गएको वैशाखदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी पूरा नपाउँदा जिल्लास्तरको एक मात्र सरकारी बेनी अस्पताल आफैँ बिरामी अवस्थामा पुगेको छ । उपचारमा सहजताका लागि स्वास्थ्य बिमा गरेका बिरामीको उपचार सदरमुकाममा रहेको प्रदेश अस्पतालले सबा तीन करोड रुपियाँभन्दा बढी भुक्तानी पाउन सकेको छैन ।
फागुन २१ गते हुने आमनिर्वाचनमा होमिएका उम्मेदवारले आफ्नो पक्षमा मत पार्नका लागि मतदाताको घरदैलोमा पुगेर आफ्ना योजना र प्रतिबद्धता व्यक्त गर्न थालेका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दी जिल्लामा १२ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । मुख्य रूपमा नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) प्रतिस्पर्धी देखिएको यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार महावीर पुन कडा प्रतिस्पर्धामा उत्रिएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा