केही वर्ष अघिसम्म विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल तथा माला अन्यत्रबाट आउने गथ्र्यो । फूल तथा माला खरिद गर्दा हुने आर्थिक पलायन पछिल्ला वर्षहरुमा जिल्लाभित्रै रहने गरेको छ ।
नेपाल सरकारको सय पर्यटकीय गन्तव्य मध्येमा पर्ने गुल्मीको सत्यवती क्षेत्र प्रशिद्ध पर्यटकीय क्षेत्र मानिन्छ । चिच्याएर वर माग्ने धार्मिक क्षेत्रको रूपमा रहेको सत्यवति मेलामा बिहानैदेखि दर्शनार्थीहरुको भिड लागेको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई कारबाहीको माग गर्दै नवलपुरका जनप्रतिनिधिहरूले बुधवार किटानी जाहेरी दिएका छन् ।
मण्डनदेउपुर नगरपालिका-६, कोदारी भिरमा आज बिहान टिप्पर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । बा. ५ ख. ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दुर्घटना हुँदा २८ वर्षीय चालक किसिम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उद्योग वाणिज्य संघ बागलुङको आयोजना हुने आठौं बागलुङ महोत्सव बाङ्गेचौर खेल मैदानमा गर्नेगरी तयारी थालिएको छ ।
तिब्बतको न्यालम, खासा र विभिन्न भागमा मालवस्तु बोकेको कन्टेनरहरु अलपत्र परेको, रसुवा नाकामा पुल निर्मार्णमा ढिलाई हुँदा व्यापारिक गतिबिधि ठप्प भएको लगायतका समस्याबारे काउन्सिलमा लिखित मौखिक जानकारी गराएको संघका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाले रत्न राजमार्ग अन्तर्गत सुर्खेतरोडको बिपी चोकदेखि धम्बोजी चोकसम्म सडकको दुवैतर्फको नालादेखि सात फिट भित्र पर्ने सबै संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–५, बाहुन भन्ज्याङमा भएको झैँझगडामा एक जनाको मृत्यु भएको छ ।
चिच्याएर वर माग्ने विशेषताले प्रसिद्ध मुसिकोट नगरपालिका-६ कुर्घाको कुर्घा मालिका मन्दिरमा चिच्याएर वर माग्नेकाे घुइँचो लागेको छ ।
शुक्लाफाँटा नगरपालिका-९ स्थित सामुदायिक पशुचौपाया व्यवस्थापन केन्द्रले किसानलाई प्राङ्गारिक मल वितरण गर्न थालेपछि माटोको उर्वराशक्ति वृद्धि हुनुका साथै कृषिजन्य उत्पादनमा सुधार देखिन थालेको छ ।
फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त हुनुहुन्छ ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एकदिवसीय शृङ्खालको अन्तिम खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
मध्य भारतमा मङ्गलबार राति एक यात्रु रेल मालवाहक (कार्गो) रेलसँग ठोक्किँदा कम्तीमा ११ जनाको दुःखद निधन भएको छ । दुर्घटना छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ११५ किलोमिटर (७० माइल) उत्तरपूर्वमा अवस्थित बिलासपुर नजिक भएको हो ।
स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू. एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो ।
धान काटेर पाँजा लगाएको खेतबाट पानी कटाउन नसक्दा किसानको धान खेतमै उम्रिन थालेको छ ।