सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा चुनावी सरगर्मी बढ्दैगएको छ । यस क्षेत्रबाट मुख्य तीन राजनीतिक दलका उम्मेदवारसहित १८ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।
चितवनको फिस्लिङमा सम्पन्न नवौँ राष्ट्रिय राफ्टिङ तथा १४औं राष्ट्रिय क्यानोनिङ प्रतियोगितामा नेपाल राफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ ले समग्रमा प्रथम स्थान हासिल गरेको छ ।
सत्ताइस वर्षीय हिन्दू गार्मेन्ट कामदार दीपु चन्द्र दासलाई डिसेम्बरमा उहाँका केही मुस्लिम सहकर्मीले पैगम्बर मुहम्मदको बारेमा अपमानजनक टिप्पणी गरेको आरोप लगाएका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि श्रीलङ्काकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभयो ।
अमेरिका र रूसबिचको अन्तिम बाँकी न्यु स्टार्ट आणविक हतियार नियन्त्रण सम्झौता बिहीबार समाप्त हुँदैछ । यसले आधा शताब्दीपछि पहिलो पटक दुई ठूला आणविक शक्तिमा कुनै सीमा नराख्ने अवस्था सिर्जना गरेको छ ।
एक्स मकाउ बक्सिङ ग्रुपले आइवा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेका चन्द्रबहादुर थापालाई बुधबार नगद पुरस्कारसहित सम्मान गरेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सामानमा अमेरिकी आयात शुल्क घटाउने सम्झौताको स्वागत गर्नु भएको छ, तर विपक्षी सांसदले कृषि र संवेदनशील क्षेत्रमा पर्न सक्ने असरबारे प्रश्न उठाएका छन् ।
गुल्मीको इस्मा गाउँपालिका–२, राजचौर बस्ने ४७ वर्षीय निमबहादुर कुमाल बुधबार मृत अवस्थामा फेला पर्नुभएको छ ।
निर्वाचननजिक आइरहेको बेला जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध हतियार बरामद अभियान थालेको छ । पछिल्लो ४० दिनमा प्रहरीले एकसय १५ थान अबैध भरुवा बन्दुक बरामद गरेको हो ।
पोखरा रङ्गशालामा बुधबार भएको लिगको अन्तिम खेलमा बङ्गलादेशसँग ४–० गोलले पराजित भएसँगै नेपाल बाहिरिएको हो ।
लुम्बिनी प्रदेशको नवौं स्थापना दिवस औपचारिक समारोह आयोजना गरेर मनाइएको छ। लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा बुधबार राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह आयोजना गरेर दिवस मनाइएको हो।
गृहमन्त्री ओमप्रकाश अर्याल र संयुक्त राष्ट्र सङ्घीय लागु औषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओडिसी)को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधी क्रिस्टियन होल्जबिच शिष्टाचार भेट सम्पन्न भएको छ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएको छ । जिल्लामा पहिलो पटक यो सेवा सुरु भएपछि इन्डोस्कोपीको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गराउन डोलीमा बोकेर भक्तजन लगिँदै। मुक्तिनाथ मन्दिरमा दर्शन गर्न इच्छुक अशक्त, वृद्धवृद्धा र बिरामी भक्तजनलाई डोलीमा बोकेर ल्याउने गरिन्छ ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको छ ।