१०० वर्ष अघिको गोर्खापत्र
सानो खोल्साको कल कल बग्ने आवाजसँगै काठ घुमिरहेको छ, न बिजुलीको सहारा छ, न आधुनिक मेसिनको । छ त केवल प्रकृतिको शक्ति र पुस्तौँदेखिको सिप । यो दृश्य हो सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको डिलासैनी गाउँपालिका–२, पारिबाट (सेला) स्थित परम्परागत काठकला ‘सान’ को । सेलाका स्थानीय चक्र चुनारा लामो समयदेखि यस पेसामा संलग्न हुनुहुन्छ । भोकरीगाड (स्थानीय खोल्सा) को पानीको प्रयोग गरी काठ घुमाएर उहाँले हातेसिपबाट पारा (ठेकी), बिन्ना (घैँटो) जस्ता परम्परागत भाँडा बनाउँदै आउनुभएको छ ।
पाँच दिन लगातार धामीझाँक्री व्रत बस्ने माघेपूर्णिमा औपचारिक रूपमा सम्पन्न भएको छ । सिमकोटको ठेहेगाउँमा दुई दर्जन धामीझाँक्री लामो समय व्रत बसेर धामीनाच नाचेर सम्पन्न गरेका हुन् ।
इस्लाम धर्मावलम्बीले पवित्र पर्व ‘शब–ए–बारात’ बाँकेमा श्रद्धा र सामाजिक सद्भावका साथ मनाएका छन् । अरबी पात्रो अनुसार शाबान महिनाको १४ तारिखको राति मनाइने पर्वलाई आत्मशुद्धि, क्षमायाचना र अल्लाहप्रतिको समर्पणको रातका रूपमा लिइन्छ । मङ्गलबार राति मुस्लिम समुदाय मस्जिदमा भेला भई रातभर जाग्राम बसेर उक्त पर्वमा सहभागी भएका थिए । कुरान वाचन, सामूहिक नमाज र व्यक्तिगत प्रार्थनाले वातावरण आध्यात्मिक बनेको थियो ।
विप्रेषण अर्थात् रेमिट्यान्सका माध्यमबाट आउने बाह्य आयले देशको अर्थतन्त्र चलायमान छ । चालु आर्थिक वर्षको छ महिनामा मात्र विप्रेषण आप्रवाह गत आवको सोही अवधिको तुलनामा ३९.१ प्रतिशतले बढेर १०६२ अर्ब ९३ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो ४.२ प्रतिशतले मात्र बढेको थियो । २०८२ पुसमा मात्र विप्रेषण १९२ अर्ब ६२ करोड रुपियाँ रहेको छ ।
चीन र मलेसियाका उद्योगी तथा लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर उद्योग सञ्चालन गर्न प्रविधि र आर्थिक लगानीका लागि आफूहरू तयार रहेको बताएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल, कच्चा पदार्थ आपूर्तिको सहजता, अनुकूल तापक्रम, पर्याप्त जनशक्ति र ढुवानीको राम्रो पूर्वाधारका कारण रुपन्देहीबाट उत्पादन गरी भारत तथा युरोपेली मुलुकसम्म निर्यात गर्न ठुलो सम्भावना रहेको उनीहरूको निष्कर्ष छ ।
बहुवर्षीय आयोजनाको स्रोत सहमतिका लागि सिफारिस गर्ने र निर्णय गर्ने समय घटाइएको छ । बहुवर्षीय आयोजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड, २०८२ मार्फत अर्थ मन्त्रालयले सिफारिस र स्रोत सहमतिको अन्तिम निर्णय दिने समय घटाएको हो ।
विभिन्न व्यक्तिले इजाजत लिएर राखेका २३ थान हतियार प्रहरी प्रशासनलाई बुझाइएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्याङ्जा प्रशासनले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको थियो ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजित प्रथम सहिद कप पुरुष फुटबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ ।
सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध नभएका श्रमिकको आश्रित परिवारलाई सम्बन्धित रोजगारदाताबाट २० लाख रुपियाँभन्दा बढी आर्थिक सहायता दिलाएको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रूपियाँ ४० पैसा र बिक्रीदर १४५ रूपियाँ कायम भएको छ ।
नेपाल आयल निगमले ग्यासको आयात मागभन्दा बढी भएकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी सञ्चय नगर्न अनुरोध गरेको छ । दैनिक ९० बुलेट अर्थात् एक लाख १४ हजार सिलिन्डर ग्यास आवश्यक पर्नेमा तीन दिनको अवधिमा इन्डियन आयल कर्पाेरेसनको बरौनी रिफाइनरी केन्द्रबाट ३६५ बुलेट ग्यास लोड भइसकेकाले बढी ग्यास सञ्चय नगर्न निगमले आग्रह गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमामा एकद्वार प्रणाली लागु गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित स्वास्थ्य बिमासम्बन्धी छलफलमा प्रधानमन्त्री कार्कीले बिमितले तीन हजार पाँच सय रुपियाँ तिरेर स्वास्थ्य बिमा गरिसकेपछि उपचार गराउन सक्नुपर्ने बताउनुभयो ।
आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ नेपाली सेना बुधबारदेखि ‘फिल्ड’ मा खटिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गत असोज ९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले मन्त्रालयका सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ एकीकृत सुरक्षा योजना तयारीका लागि कार्यदल गठन गरेको थियो ।