जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको विकास र सशक्तीकरण अब बाहिरी शक्तिको भरमा नभई मधेशी जनताकै नेतृत्व र पहलबाट सम्भव हुने बताउनुभएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, दोसल्लेका किसानले यस वर्ष करिब दुई करोड मूल्य बराबरको सुन्तलाको व्यापार गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्नो १५ बुँदे धारणा सार्वजनिक गर्नुभएको छ । कांग्रेस महमन्त्री पौडेलले नेपाली कांग्रेसले अब केवल सपना देखाउने मात्र नभै ती सपनालाई नतिजामा बदल्ने ‘अपेरेटिङ सिस्टम’ नै फेर्ने सङ्कल्प गरेको भन्दै अर्थतन्त्रमा सुधार तथा समृद्धिका लागि अब लिइनुपर्ने नीतिबारे धारणा राख्नुभएको हो ।
निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई ‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’ को जिम्मेवारी तोकेको छ ।
मुस्ताङमा मादक पदार्थ सेवन (मापसे) गर्ने चार जना निर्वाचन प्रहरीलाई बर्खास्त गरिएको छ ।
पश्चिम नेपालका विपन्न र गरिब बिरामीको आशा र भरोसाको केन्द्र नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सर लगायतका रोगको पहिचान गर्ने 'हिस्टोप्याथोलोजी' सेवा विस्तार गरिएको छ ।
धनकुटा नगरपालिका–४, छारागाउँ बरबोटेस्थित एक कच्ची घरमा आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको छ । बिहीबार बिहान करिब करिब ९ः४० बजेबाट सुरुभएको आगोले घर पूर्णरुपमा जलेर नष्ट भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ९८० कायम भएको छ ।
नेपाल–चीन व्यापारको ऐतिहासिक तथा प्रमुख स्थलमार्ग तातोपानी नाकाको दीर्घकालीन र नियमित सञ्चालन प्रतिनिधिसभा निर्वाचन २०८२ का उम्मेदवारहरूको प्रमुख एजेन्डा बनेको छ ।
काठमाडौँको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार एक करोड चार लाख ५३ हजार बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै म्याग्दीका उम्मेदवारहरूले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न थालेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन, कोरला नाका र पूर्वाधार विकासको क्षेत्रमा अझै काम गर्ने चाहना रहेको बताउनुभएको छ ।
हजारौँ वर्षदेखि शत्रुलाई कष्ट दिन छ खुट्टे फौजीलाई सैन्य सेवामा भर्ती गरिँदै आएको छ । मौरीको चाकामा गुलेली हान्ने । बिच्छीको बम । किरा राखिएको खाल्डो जेल । हजारौँ वर्षदेखि सैन्य रणनीतिकारहरू किरालाई युद्धको हतियारका रूपमा प्रयोग गरिरहे । शत्रुलाई असह्य पीडाले कमजोर पार्न मात्र होइन रोगाणु फैलाउन र कृषिबाली नष्ट गर्नसमेत किराको प्रयाग गरियो । यसबाट व्यापकस्तरमा कष्टपीडा, रोगव्याधि र भोकमरी फैलाउने उद्देश्य राखिन्थ्यो ।
बाँकेको सदरमुकाम नेपालगन्जसँग जोडिएको जानकी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रासाउन्ड (भिडियो एक्सरे) सेवा सुरु भएको छ । वडा नम्बर ५ स्थित बेलहरी स्वास्थ्य चौकीबाट उक्त सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।
साथीहरू, तपाईं विद्यालयको किताबबाहेक अरू किताब कति पढ्नुहुन्छ ? अनि कस्ता किताब पढ्न मन पर्छ ? विद्यालयको किताब पढ्न मन लाग्छ कि कथा, कविता, बालपत्रिका ? कस्ता किताब पढ्न जाँगर चल्छ ? कस्ता किताब पढ्न अल्छी लाग्छ त ? मलाई सोध्नुहुन्छ भने ‘मुना’ मासिक बालपत्रिका, चित्रकथाका किताब तथा छोटा छोटा कथाका किताब पढ्न मन पर्छ । सुरुमा म किताब प