• २२ माघ २०८२, बिहिबार

सहायक सिडियोलाई आचारसंहिता अनुगमनमा गृह निर्देशन

blog

गृह मन्त्रालय

काठमाडौँ, माघ २२ गते । निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई ‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’ को जिम्मेवारी तोकेको छ । सो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न गृह मन्त्रालयले बुधबार सबै सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय रूपमा सम्पन्न गराउन निर्वाचन आयोगले आचारसंहिता, २०८२ लागु गरिसकेको छ ।

गृह सचिव राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सबै सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई निर्वाचन आयोगले दिएको आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी निष्पक्ष र निर्भीक रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको छ । मन्त्रालयले आयोगद्वारा प्रदान गरिएको जिम्मेवारी सम्हाल्न सक्ने विश्वास लिएको जनाएको छ । साथै, सम्पादित कार्यहरूको प्रतिवेदन मन्त्रालयमा उपलब्ध गराउन अनुरोध समेत गरिएको छ ।

निर्वाचन आयोगले जिल्लास्तरमा आचारसंहिता पालना गराउन सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई जिल्लाको आर्थिक विषय क्षेत्रबाहेक अन्य विषयमा अनुगमन अधिकृत तोकेको स्पष्ट पारेको छ ।