नेपालले आइसिसी टी–२० विश्वकपको अन्तिम अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ । क्यानडाले टस जितेर सुरुमा ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गरेको हो ।
कठोर जाडोकाबिच पनि हतियारसहित गस्तीमा निस्किएका उहाँहरू राष्ट्रको सीमालाई सुरक्षित राख्न निरन्तर सक्रिय छन् । भारी हिउँमा बुट गाड्दै अघि बढ्नु सजिलो पनि छैन ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उहाँका पिता भोजप्रसाद भट्टराईको आज बिहान ९७ वर्षको उमेरमा काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा निधन भएको भट्टराईकी छोरी मानुषी यमी भट्टराईले राससलाई जानकारी दिनुभयो ।
यहाँको ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको क्षेत्रका रूपमा चिनिन्छ । यहाँ विगत लामो समयदेखि परम्परागत धातुका सामग्री–विशेषतः कांस, तामा र पित्तलका भाँडाकुँडा तथा अन्य सामग्री–निर्माण हुँदै आएको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा पश्चिम नवलपरासी जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाहरू तीव्र रूपमा बढ्न थालेका छन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा सुशीला कार्की नेतृत्व सरकारका पूर्व मन्त्री कुलमान घिसिङले आफूहरूले अहिलेसम्म काम गरेर नतिजा दिएको र आगामी दिनमा पनि निरन्तर ‘डेलिभरी’ दिने दाबी गर्नुभएको छ ।
जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । जिल्लाका ६१ वटा वडामा रहेका १२७ विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई अभियानमार्फत खोप सञ्चालन गर्न लागिएको हो ।
सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट पछिल्लो तीन वर्षको अवधिमा एक हजार नौ सय २६ व्यक्ति प्रभावित भएका छन् । तीमध्ये एक सय ५४ जनालाई विषालु सर्पले टोकेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
बागलुङमा निर्वाचन आचारसंहिता २०८२ सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गरिएको छ । निर्वाचन कार्यालय बागलुङको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको विकास र सशक्तीकरण अब बाहिरी शक्तिको भरमा नभई मधेशी जनताकै नेतृत्व र पहलबाट सम्भव हुने बताउनुभएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, दोसल्लेका किसानले यस वर्ष करिब दुई करोड मूल्य बराबरको सुन्तलाको व्यापार गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्नो १५ बुँदे धारणा सार्वजनिक गर्नुभएको छ । कांग्रेस महमन्त्री पौडेलले नेपाली कांग्रेसले अब केवल सपना देखाउने मात्र नभै ती सपनालाई नतिजामा बदल्ने ‘अपेरेटिङ सिस्टम’ नै फेर्ने सङ्कल्प गरेको भन्दै अर्थतन्त्रमा सुधार तथा समृद्धिका लागि अब लिइनुपर्ने नीतिबारे धारणा राख्नुभएको हो ।
निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई ‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’ को जिम्मेवारी तोकेको छ ।
मुस्ताङमा मादक पदार्थ सेवन (मापसे) गर्ने चार जना निर्वाचन प्रहरीलाई बर्खास्त गरिएको छ ।
पश्चिम नेपालका विपन्न र गरिब बिरामीको आशा र भरोसाको केन्द्र नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सर लगायतका रोगको पहिचान गर्ने 'हिस्टोप्याथोलोजी' सेवा विस्तार गरिएको छ ।