गएको वर्ष पुसमा जाडो बिदा भएको भोलिपल्ट गाउँ जाने उत्सुकताका साथ म बिहानै उठेँ । झोलामा कपडा राख्न थालेँ । घरमा सबै जनाले आआफ्नो सामान तयार गरिसक्नुभएको थियो । बाबा, आमा, दिदी, दाइ र म गाउँ जान लागेका थियौँ । हामी सबै ट्याक्सी चढेर जोरपाटी पुग्यौँ र रामेछाप जाने बस चढ्यौँ । गाडीमा रमाइलो गीत बजिरहेको थियो । बाहिरका खोला, जङ्गल जस्ता रमाइला दृश्य हेर्दै र गीतसँगै रमाउँदै आनन्द लियौँ । गाडीभित्र अमिलो, पिरो, चकलेट खाँदै बाहिर हेर्दै गर्दा खाना खाने ठाउँ आइपुगेको पत्तै भएन । हामी सबैले खाना खायौँ ।
कालीकोट जिल्लाको एक स्थानीय तहमा गहुँबाली भएको खेतमै राजनीतिक कार्यक्रम आयोजना गरिएपछि त्यसको औचित्यमाथि प्रश्न उठेको छ।
जिल्ला प्रहरी कार्यालयले बागलुङमा आवश्यक पर्ने म्यादी प्रहरी अपुग भएको बताएको छ । जिल्लामा आवश्यक सङ्ख्या एक हजार दुई सय ९८ जना भए पनि अझै ६३ जना म्यादी प्रहरी नपुगेको प्रहरी उपरीक्षक तिलक भारतीले बताउनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँको मतदान केन्द्र सार्न प्रस्ताव गरिएको छ । अत्यधिक हिमपातका कारण समुद्री सतहदेखि तीन हजार आट सय मिटर उचाइमा रहेको सिङ्गो साङ्ता गाउँ नै खाली भएको अवस्थामा तोकिएको समयमा निर्वाचनका लागि मतदाता गाउँ फर्किने सम्भावना न्यून रहेकाले वडा कार्यालयले मतदान स्थललाई छिमेकी गाउँ फल्याकमा स्थानान्तर गर्न प्रस्ताव गरेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरू घोषणापत्र विनै मत माग्न व्यस्त देखिनुभएको छ । तर मतदाताहरू भने विगतका घोषणापत्रमा समेटिएका बाँचा पूरा गर्न नसकेका भन्दै घोषणापत्रको खासै महत्त्व पनि नरहेको बताउन थालेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नवलपरासीपूर्वबाट उम्मेदवारी दिएका राजनीतिक दल र स्वतन्त्र गरी ३३ जना उम्मेदवार अहिले गाउँमा मतदातासँग भोट माग्न थालेका छन् । मध्यविन्दु नगरपालिका–५ का ज्ञानप्रसाद पराजुलीले भन्नुभयो, “जितेपछि के गर्ने भन्ने स्थानीका खास योजना कुनै दलका उम्मेदवारले पनि प्रस्तुत गर्न सकेका छैनन् तर पनि भेटघाट र चुवानी अभियान चलिरहेका छन् ।”
रुपन्देहीको क्षेत्र नं. ५ का मतदाताले भोट माग्न आउने उम्मेदवारसँग यसअघि जस्तै अहिले पनि सुकुमवासी समस्या समाधानको माग दोहो¥याएका छन् । यसअघिको निर्वाचनमा पनि यस क्षेत्रका मतदाताले सुकुमवासी समस्या समाधान गरी लालपुर्जा दिलाउने उम्मेदवारलाई भोट दिने प्रतिबद्धता जनाएका थिए । मत दिएका उम्मेदवार जितेर गए, फर्केर आएनन् यो अवधिमा समस्या समाधान हुनेभन्दा झन् थपिँदै गएको यहाँका मतदाताको गुनासो छ ।
न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कनमा ९८ प्रतिशत अङ्क प्राप्त गरेर गण्डकीकै उत्कृष्ट स्वास्थ्य चौकी भएको हो । नरेठाँटी स्वास्थ्य चौकीमा न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
निर्वाचन तालिका सार्वजनिक हुनुअगावै रुपन्देहीमा सुरु भएको चुनावी गतिविधिप्रति निर्वाचन आचारसंहिता अनुगमन समितिले कडा आपत्ति जनाउँदै तत्काल रोक्न निर्देशन दिएको छ । आचारसंहिता उल्लङ्घन भए उम्मेदवारी बदर हुनेसम्मको दण्डात्मक व्यवस्था लागु गरिने चेतावनी दिइएको छ ।
इलाम क्षेत्र नं. २ मा चुनावी गतिविधि निकै बढेको छ । चुनावी मैदानमा रहेका यस क्षेत्रका १४ जना उम्मेदवार आआफ्नै ढङ्गले मतदाताको घर घर पुगिरहेका छन् । संविधान सभा अध्यक्ष स्व
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवारहरूले घरदैलो अभियान तीव्र पारेका छन्। उम्मेदवारहरू स्थानीय जनताको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिँदै मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।
गुल्मीदरबार गाउँपालिका बलिथुमका ८० वर्षीय छविलाल रजाली घरकै धारामा पानी खसेपछि निकै खुसी हुनुभयो । दुई घण्टा टाढाको खोला र खोल्सा धाएर पानी ल्याएको अनुभव रजाली आफैँसँग छ । २०३८/३९ सालबाट रेसुङ्गाको पानी गाउँ पुगे पनि अभाव टरेन । गर्मीको समयमा पानी सुक्दा खानेपानी सङ्कट हुन्थ्यो । अहिले दिनमा दुई समय पानी आउँछ । अहिले सोलार लिफ्टमार्फत खानेपानी घरको आँगनमा खसेपछि रजालीसहितका स्थानीयमा खुसीको सीमा छैन ।
हुम्लाका महिलाले आफ्ना समस्या नजिकबाट बुझ्ने र समाधान गर्ने उम्मेदवारलाई मात्र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मत दिने बताएका छन् । चुनावी प्रचारका क्रममा मतदाता रिझाउन गाउँ गाउँ पुगेका उम्मेदवारलाई महिलाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सर्लाहीसहित मधेश क्षेत्रमा दुई दिनदेखि पुनः बाक्लो मात्रामा हुस्सु, कुहिरो लागेसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ ।
कर्णाली प्रदेशका १० जिल्लामा १२ वटा निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा समान दुई निर्वाचन क्षेत्र रहँदा अन्य आठ जिल्लामा एक/एक निर्वाचन क्षेत्र छन् । १२ सिटमा १३१ जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन आयोग सुर्खेतका अनुसार कर्णाली प्रदेशमा कुल १० लाख ३७ हजार २५० मतदाता रहेका छन् ।