छिन्ताङ हत्याकाण्डका सहिद रणध्वज पुमाराईका जेठा छोरा भाइलाल राईको घर सहिदभूमि गाउँपालिका–३, पञ्चकन्यास्थित तल्लो डाँडा गाउँमा छ । बुवाको २०३६ सालमा हत्या भएपछि आमा शशिकला राईले निकै दुःखले भाइलाललाई हुर्काउनुभयो । हाल उहाँ मजदुरी र कृषिकर्म गरी जीविकोपार्जन गर्दै आउनुभएको छ । धेरै दुःख भएकाले छोराछोरीलाई समेत राम्रो शिक्षादीक्षा दिन पाउनुभएन । उहाँका दुई छोरा पनि मजदुरी गर्दै आउनुभएको छ । जसोतसो घरसम्म धारो त आएको छ तर त्यसमा पानी नआउँदा खानेपानीको लागि प्रत्येक दिन करिब आधा घण्टाको दुरीमा रहेको कुवा धाउनु पर्छ ।
झापाको दमकमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ । बुधबार अपरान्ह टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दार्चुला जिल्लाको उत्तरीक्षेत्र तिङ्कर र छाङ्रु क्षेत्रका मतदाताका लागि सदरमुकाम खलङ्गा नजिकको टिङ्करखेडामा भन्ने ठाउँमा मतदान गर्न पाउने व्यवस्था गरिने भएको छ ।
मुगु जिल्लाको सोरु गाउँपालिका-१० र ११ वडा अन्तर्गतका दई, कोटबाडा, धैन, लोली, तल्लिबाडा, हितबाडा, रोकायाबाडा र कोट गाउँमा पछिल्लो एक महिनादेखि अज्ञात पशुरोग फैलिँदा २०० भन्दा बढी भेडा र बाख्रा मरेका छन् ।
नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित अनुशिक्षण कार्यक्रम आजेखि सुरु गरेको छ ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ अनुसार खाता खोलेर कारोबार गर्न आह्वान गरेको छ ।
सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गत नेपाल टेलिभिजनले ग्लोरी मिडिया प्रालिलाई सम्मान गरेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले जथाभावी पार्किङ गरिएका १५ वटा रात्री बसलाई नियन्त्रणमा लिइएको छ ।
हुम्लाको ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ ।
नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकार प्रतिवद्ध भएको बताउनुभएको छ।
निर्माणको काममा ढिलाई गर्दा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ खण्डअन्तर्गत मेची राजमार्ग एक महिना अघिदेखि अवरुद्ध बनेको छ । फुङ्लिङ बजारको पराजुली चौक–बुद्धचौक खण्डअन्तर्गत भत्किएको ठाउँमा सुरु गरिएको निर्माणको काम ढिलाइ गर्दा राजमार्ग अवरुद्ध बनेको हो ।
माइती र आफन्तले दिएको दक्षीणा घर चलाउँदा बचेको एक–दुई रुपियाँ थोरै गरेर थैलीमा जम्मा गरेको पैसा कोषमा जम्मा गर्न थालेपछि करोड पुग्ला भन्ने उहाँहरुको कल्पना बाहिर थियो ।
बेलौरीमा भ्रष्टाचारविरुद्ध विभिन्न १३ बुँदे मागहरु राख्दै जेनजी समूहका युवाले आमरण अनशन सुरु गरेका छन् । जेनजी समूहका केशवकुमार बोहराले मंगलबार दिउँसोदेखि स्थानीय तहमा मौलाएको भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध आमरण अनशन सुरु गर्नुभएको हो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नक्सा पास गराएर मात्र घर बनाउन पाइने भएको छ । पालिकाले विकास निर्माण मापदण्ड २०८२ जारी गर्दै घर संरचना निर्माण गर्दा नक्सा पास अनिवार्य गरेको हो ।