• २१ माघ २०८२, बुधबार

ग्लोरी मिडियालाई सम्मान

blog

काठमाडौँ, माघ २१ गते। सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गत नेपाल टेलिभिजनले  ग्लोरी मिडिया प्रालिलाई सम्मान गरेको छ।

नेपाल टेलिभिजनसँग उल्लेख्य र प्रभावकारी व्यावसायिक तथा सामग्रीगत सहकार्य गरेको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो।  प्रदान गरिएको स​मान​–पत्रमा ग्लोरी मिडियाको सहकार्यले नेपाल टेलिभिजनका कार्यक्रम, प्रसारण प्रणाली तथा सामग्री प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।

सार्वजनिक सेवा प्रसारण नेपालको तर्फबाट प्रदान गरिएको सम्मानपत्र सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेत र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले संयुक्त रूपमा ग्लोरी मिडिया प्रालिका अध्यक्ष सरोज ओझालाई हस्तान्तरण गर्नुभएको हो। 

सम्मान ग्रहणपछि ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले नेपाल टेलिभिजनसँगको सहकार्यलाई गर्वको विषय भएको उल्लेख गर्दै आगामी दिनमा सार्वजनिक हित, राष्ट्रिय संस्कृति र समावेशी सञ्चारलाई केन्द्रमा राखी अझ प्रभावकारी, गुणस्तरीय र नवप्रवर्तनमूलक सामग्री उत्पादनमा प्रतिबद्ध रहने बताउनुभएको छ। उहाँले सार्वजनिक सेवा प्रसारणलाई सुदृढ बनाउने अभियानमा ग्लोरी मिडिया निरन्तर साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।