शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बिष्णुप्रसाद पोखरेल
दमक, माघ २१ गते । झापाको दमकमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ । बुधबार अपरान्ह टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपर र दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल दमक १ बरगाछीमा एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
दुर्घटनामा परेर गम्भरी घाइते बन्नु भएका इलाम चुलाचुली गाउँपालिका –४ बस्ने २२ वर्षीय प्रवेश राई र सोही ठाउँ बस्ने १९ वर्षीय जनम राईको उपचारको क्रममा मृत्यु भएको खड्काले जानकारी दिनु भयो । स्थानीय दमक अस्पतालमा उपचारका लागि लगिएकोमा दुबै जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।