खोटाङमा थपिएका नयाँ मतदातामा ९० प्रतिशत जेनजी युवा रहेका छन् । निर्वाचन आयोगले सञ्चालन गरिरहेको मतदाता नामावली दर्तामा जिल्लामा हालसम्म ९ सय ४८ जनाले नाम दर्ता गराएका हुन् ।
दाङमा प्रहरीले खोलाबाट अवैधरुपमा ढुंगा उत्खनन् गरिरहेको अवस्थामा तीन ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
म्याग्दीको मङ्गला गाउँपालिका –५ र बागलुङको ताराखोला गाउँपालिका –४ को सिमानामा रहेको पर्यटकीय स्थल तिनचुलेले पर्यटकलाई आकर्षित गर्दैआएको छ ।
नेकपा (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रको स्वाधिनता र हितमा बोल्ने पार्टी नेकपा (एमाले) मात्र रहेको बताउनुभएको छ । आज एमाले जिल्ला कमिटी सोलुखुम्बुले आयोजना गरेको नवौँ पूर्ण बैठक तथा वृहत् अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि प्रतिवद्धताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एकजना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताउनु भएको छ।
एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ बुधबार सुरु भएको छ। मकवानपुरस्थित खेल मैदानमा बिहीबार भएको खेलमा काँक्रेविहार युथ क्लबले हैरान्स यूथ क्लबलाई ३–२ ले हरायो।
नेपाली कांग्रेसका नेताहरुले पार्टीको विधानअनुसार आगामी मङ्सिरभित्र नियमित महाधिवेशन हुन नसके केन्द्रीय समितिका सबै पदाधिकारी र सदस्यले राजीनामा दिनुपर्ने माग गरेका छन्।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएका इलामका तीन व्यक्ति सम्पर्कमा आएका छैनन् ।
इन्टनेटको तार मर्र्मत गर्नका लागि बिजुलीको पोलमा चढेको बेला करेन्ट लागेर घाइते भएका एक कर्मचारीको उपचारका क्रममा मृत्यु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानवीय मूल्य र नेपाली समाजलाई भताभुङ्ग पार्न खोजिएको अवस्थाबाट मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ।
गत साता भएको झरीले लमजुङमा ३१२ हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्र लमजुङले गरेको तथ्याङ्क संकलनबाट जिल्लामा ३१२ दशमलव पाँच क्षेत्रफलमा लगाइएको धानबाली झरीबाट क्षति पुगेको पाइएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकामाथि सबैको विश्वास र भरोसा कायम राख्नु हाम्रो मुख्य दायित्व भएको बताउनुभएको छ।
जिल्ला अस्पताल उदयपुरमा १० दिनअघि मृत्यु भएका एक अपरिचित मानिसको अझै सनाखत हुन सकेको छैन ।